जसको गहना चोरे उसैलाई बेच्न पुगे

Gold-Ornaments

रानीगञ्ज: रानीगञ्ज थाना क्षेत्रको बडाबजारको रक्षा काली मन्दिर गल्लीमा रहेको गहना पसलमा अनौठो घटना भएको छ। यहाँ चोरी गर्ने युवकले उदेककै काम गरेको छl एक युवकले सुन व्यापारीको अनुपस्थितिको फाइदा उठाउँदै उनको पसलबाट धेरै बहुमूल्य गहनाहरू चोरी गरेl चोरी गरेर युवक अन्य कतै गएनन्l आफूले चोरी गरेको गहनाहरू त्यही सुन व्यापारीलाई बेच्न आए। त्यसपछि के हुन्थ्यो र! सुन व्यापारीले ती युवकलाई समात्यो। भाग्न खोजेका युवकलाई स्थानीयको सहयोगमा समातेर कुटपिट गरियो। घटनाको जानकारी पाएलगत्तै प्रहरी घटनास्थल पुगेको थियो। जहाँ पुलिसले युवकलाई भीडको आक्रोशबाट उद्धार गरी हिरासतमा लियो।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *