सभासद श्याम शेर्पाको पहलमा खरसाङमा क्यारम प्रतियोगिता शुरु

CollageMaker_2023318153732773.jpg

खरसाङ: खरसाङ देवराली समष्टिको सभासद श्याम शेर्पाको पहलमा खरसाङको वार्ड नम्बर छ र सातको युवा शक्तिको आयोजनामा क्यारम प्रतियोगिता सम्पन्न भएको छ। १८ र १९ मार्चको दिन दुई दिनव्यापी क्यारम प्रतियोगिता आजदेखि शुरु भएको छ। विशेष गरी युवाहरूलाई कुलत र नराम्रो संगतबाट जोगाउन विभिन्न खेलकूदहरू अन्तर्गत क्यारम प्रतियोगिता आयोजना गरिएको छ। उक्त क्यारम प्रतियोगिताको उदघाटन सभासद श्याम शेर्पाले गरेका थिए भने कार्यक्रमलाई प्रशान्त शर्माले सञ्चालन गरेका थिए। क्यारम प्रतियोगिताको पहिलो दिन एकलमा २८ जना अनि डबलमा १६ जनाले सहभागिता जनाएका थिए। यस क्यारम प्रतियोगितामा निर्णायकको रुपमा खरसाङ गोर्खा पार्वत्य खेलकूद संघको फुर्बा तामाङ र मोहन राई उपस्थित रहेका थिए। यस प्रतियोगितामा भोलि हुने फाइनल खेलमा विजेताहरूलाई केही नगदराशिसहित ट्रफी प्रदान गरिने भएको छ। कार्यक्रममा सभासद श्याम शेर्पा लगायत पूर्व नगर पार्षदहरू मोहन खरसाङ, सञ्जय मुखिया साथै शम्भु राई लगायत वार्ड नम्बर छ र सातको विभिन्न सामाजिक संघ संस्थाहरूका प्रतिनिधिहरू उपस्थित रहेका थिए। यसमा शेर्पा वेलफेयर सोसाइटीका प्रतिनिधिहरू, सदभावना वेलफेयर सोसाइटीको प्रतिनिधिहरू, शेर्पा गुम्बा कमिटीको प्रतिनिधिहरू लगायत अन्यहरू उपस्थित रहेका थिए। आजको क्यारम प्रतियोगिता विषयमा बोल्दै सभासद श्याम शेर्पाले यो विशेष गरी युवाहरूका लागि हो र युवाहरू कुलतमा नजायोस् बरू राम्रो बाटोमा लागोस् भन्ने क्यारम प्रतियोगिता आयोजना गरिएको बताए। उनले हाम्रोमा धेरै योजनाहरू रहेको र भविष्यमा २८ नम्बर समष्टिको युवाहरूका लागि पनि केही आयोजना गर्ने पनि बताएका छन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *