सौर्यमण्डलमा दोस्रो पृथ्वी नभएको राम्रो, विनाश हुने थियो मानव बस्ती

Earth-2.jpg

लामो समयदेखि मानिसले अन्तरिक्षमा पृथ्वी जस्तै अर्को ग्रह खोजिरहेको छ। नासा, आईएसआरओ, ईएसएजस्ता विश्वभरका अन्तरिक्ष एजेन्सीहरूले भविष्यमा जीवन फस्टाउन सक्ने ग्रहहरूको खोजी गर्न आफ्नो विशाल स्रोतहरू प्रयोग गरिरहेका छन्। यदि भविष्यमा पृथ्वी छाड्नु पर्यो भने यो खोज मानिसका लागि उपयोगी साबित हुनसक्छ। यस्तो अवस्थामा, कल्पना गर्नुहोस्, यदि यो खोज सौर्यमण्डल भित्रै पूरा हुन्छ? हाम्रो सौर्यमण्डलमा प्लुटोजस्तो सानो ग्रह नभएर पृथ्वीभन्दा ठूलो अनि मङ्गल र बृहस्पतिको बीचमा रहेको ‘सुपर अर्थ’ भएको ९औँ ग्रह फेला पर्‍यो भने के हुन्छ? यसले हाम्रो सौर्यमण्डलमा कस्तो प्रभाव पार्न सक्छ? नयाँ अध्ययनले यी सबै प्रश्नहरूको जवाफ दिन्छ।

युनिभर्सिटी अफ क्यालिफोर्नियामा गरिएको एक अध्ययनका अनुसार सुपर अर्थको अस्तित्वले हाम्रो सौर्यमण्डलमा विनाश ल्याउन सक्छ। यस अध्ययनमा मङ्गल र बृहस्पति बीचको विभिन्न पिण्डहरू भएको ‘सुपर अर्थ’ को सिमुलेशन अन्य ग्रहहरूको कक्षामा प्रभावको अनुसन्धान गर्न समावेश गरिएको थियो। प्लानेटरी साइन्स जर्नलमा प्रकाशित अध्ययनको परिणामअनुसार बृहस्पतिको कक्षामा सानो परिवर्तनले पनि पृथ्वीलगायत अन्य सबै ग्रहहरूमा विनाशकारी प्रभाव पार्न सक्छ। ‘यसले काल्पनिक ग्रह बृहस्पतिलाई हल्का धक्का दिनेछ जुन अरू सबै कुरालाई अस्थिर बनाउन पर्याप्त छ’, क्यालिफोर्निया विश्वविद्यालयका खगोलविद् र अध्ययनका एक्लो लेखक स्टीफन केनले यूसी रिभरसाइड न्यूजमा प्रकाशित लेखमा भने। उनले लेखेका छन्, ‘धेरै खगोलविद्हरू यो नवौं ग्रहको लागि कामना गरिरहेका छन्, तर राम्रो कुरा यो हो, हामीसँग छैनl’

बृहस्पतिको द्रव्यमान पृथ्वीभन्दा ३१८ गुणा बढी छ, जुन सौर्यमण्डलको सबैभन्दा ठूलो ग्रह हो। त्यसैले यसको गुरुत्वाकर्षण बल धेरै उच्च छ। यसमा अलिकति परिवर्तन भए पनि बाँकी ग्रहहरूको लागि समस्या हुन सक्छ। अध्ययनले ‘सुपर-अर्थ’ को अस्तित्वले बृहस्पतिको गुरुत्वाकर्षणलाई असर गर्नसक्छ र अन्ततः हाम्रो सौर्यमण्डलबाट बुध र शुक्रको पलायन हुन सक्छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *