अण्डर-१६ युथ फूटबलः इज्राइल गुरुङ एफए र सिलगढ़ी युनाइटेड एफए सेमिफाइनलमा

IMG_20220614_213922.jpg

१४ जूनः सुबोथ फूटबल एकाडमीको तत्त्वावधानमा अण्डर-१६ युथ लीग नक्आउट फूटबल टुर्नामेण्ट २०२२ मङ्गलवारदेखि शुरु भयो। मिलनमोड़को सेण्ट जोन्स स्कूल नजिक मेचे बस्तीमा स्थित नेटवर्क मिनिष्ट्री सेण्ट्रल खेल मैदानमा आजदेखि शुरु टुर्नामेण्टको पहिलो दिन दुईवटा म्याच खेलियो। दिनको पहिलो म्याचमा इज्राइल गुरुङ फूटबल एकाडमी (आईजीएफए)-ले आयोजक सुबोथ फूटबल एकाडमीलाई ९-२-ले पराजित गऱ्यो। यसरी नै दिनको दोस्रो म्याचमा सिलगढ़ी युनाइटेड फूटबल एकाडमीले नादोङ भूटिया फूटबल एकाडमी (एनबीएफए)-लाई ३-०-ले पराजित गऱ्यो। आयोजक सुबोथ एफए-का मुख्य प्रशिक्षक सुबोध मुखियाले बताए अनुसार, आज उद्घाटन समारोहमा अतिथिको रूपमा राष्ट्रिय स्तरका दुई फूटबलर इज्राइल गुरुङ र नादोङ भूटियाको साथमा नेटवर्किंग मिनिष्ट्रीका डिरेक्टर सुरेन खवास र संगीता खवास उपस्थित थिए। अब बुधवार खेलिने पहिलो म्याचमा हिल फूटबल एकाडमी र युनाइटेड सिक्किम फूटबल एकाडमीबीच भिड़न्त हुनेछ भने दोस्रो म्याच मिलनमोड़ फूटबल एकाडमी र माउण्ट जियोन ईंग्लिश बोर्डिंग स्कूलबीच खेलिनेछ। टुर्नामेण्टका दुईवटा सेमिफाइनल १७ जून र फाइनल १८ जूनमा खेलिनेछ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *