रंगीतमा डुबेर अनुरागको मृत्यु

CollageMaker_20233132388503.jpg

टिस्टा: पुलबजार खण्ड अधीनस्थ झेपी ग्रामको काकेबुङ निवासी ओम नारायण प्रधानको १७ वर्षीय छोरा अनुराग प्रधानको वनभोज खेल्न जाँदा हिज आइतबार बेलुकी रङ्गीत नदीमा डुबेर मृत्यु भएको छ। प्राप्त जानकारी अनुसार मृतक युवक आफ्ना साथीहरूसित वनभोज खेल्न जोरथाङ माझीटार नजिक रङ्गीत नदीको बगरमा आएका थिए। बेलुकीको समयमा अचानक तिनी जोरथाङ माझीटार नजिक रङ्गीत नदीमा डुबे।यसपछि घटनाको खबर पाउन साथ बेलुकी नै टिस्टा रङ्गीत रेस्क्यु टीमका प्रमुख शान्ति राई आफ्नो दल-बलसहित घटनास्थलमा आइपुगेर पानीमा डुबेका अनुरागको खोजी गर्न नदीमा पसे। लगातार खोजबीन गरेपछि अन्तमा रातको लगभग ९ बजे टिस्टा रङ्गीत रेस्क्यु टीमले रङ्गीत नदीको १० फीट गहिरोबाट उक्त डुबेका युवाको मृतदेह फेला पारेर उद्धार गरे। यसपछि उक्त शव मृतकको पीडित परिवारलाई सुम्पिदिए। स्मरण रहोस, वनभोज खेल्न आएका मृतक युवक अनुराग दार्जिलिङमा नै बसेर त्यहाँको एउटा स्कुलमा पढ्दै आइरहेका थिए।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *