वन विभागको छापामा अन्तरराज्यीय काठ तस्कर गिरोह पर्दाफास

12c5f86c-f850-4d19-be13-46ef9f566691


ट्रकसहित लाखौं मूल्य बराबरको काठ बरामद, उत्तर प्रदेश र असमका ३ जना पक्राउ

सिलगढी: गोप्य सूचनाको आधारमा बेलाकोबाका रेन्जर सञ्जय दत्तको टोलीले छापा मारेर अन्तरराज्यीय काठ तस्करीको पर्दाफास गर्दै उत्तर प्रदेश र असमका ३ जना अभियुक्तलाई पक्राउ गरेको छ। घटनामा ठूलो ट्रक नियन्त्रणमा लिइएको छ. जसमध्ये लाखौं रुपियाँको बर्मा सागौनका ब्लकहरू बरामद भएका छन्। ती काठहरू ट्रकको पछाडि बाँसमुनि लुकाएर राखिएको बताइएको छ। रेन्जर सञ्जय दत्तले पानीकौरी टोल प्लाजामा रातभर गस्ती गरेपछि लगभग ३ बजे गाडी शंकास्पद भएको बताए। युपी नम्बरको उक्त गाडीलाई लगभग २ किलोमिटर पछ्याएपछि करातोभास्थित ग्रेटर लायन्स आँखा अस्पताल नजिकै समातिएको हो। गाडीमा सवार ३ जना पक्राउ परेका छन्। जसको नाम १) प्रेम सिंह, उत्तर प्रदेश निवासी, २) चाहजुल इस्लाम, असम निवासी, ३) उत्तर प्रदेश निवासी इमरान हुन्। गाडीमा पुरै बर्मा सागौन ब्लकहरू भरिएको थियो जुन बाँसले लुकाइएको थियो। तीनै अभियुक्त पक्राउ परेका छन्। उनलाई अदालत मार्फत हिरासतमा राखेर सोधपुछ भइरहेको छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *