फिलिपिन्सको हारले भारत एएफसी एशियाई कपमा क्वालीफाई

IMG-20220614-WA0143.jpg

१४ जूनः भारतको पुरुष फूटबल टीमले आज हंगकंग विरुद्ध ग्रुप डी-को अन्तिम म्याच अघि नै एएफसी एशियाई कप २०२३-को निम्ति क्वालीफाई गऱ्यो। क्वालीफाईंग चरणको अन्य एउटा म्याच (ग्रुप बी)-मा प्यालेस्टाइनले फिलिपिन्सलाई ४-०-ले पराजित गर्नको साथै इगोर स्टीमाकको प्रशिक्षणमा रहने भारतीय टीमले एशियाई महाद्वीपको प्रतिष्ठित टुर्नामेण्टमा लगातार दोस्रोपल्ट स्थान बनायो। भारतले यसअघि २०१९-को गत संस्करणमा पनि प्रतियोगिताको निम्ति क्वालीफाई गरेको थियो। भारत अहिले ६ पोइण्टको साथ ग्रुप डी-मा गोल अन्तरको आधारमा हंगकंगपछि दोस्रो स्थानमा रहेको छ तर मंगलवार राति कलकत्ताको सल्ट लेक स्टेडियममा हंगकंग विरुद्ध जीतको साथ सुनिल छेत्रीको कप्तानीमा रहने भारतीय टीमसँग ग्रुप विजेता बन्ने मौका रहनेछ। भारतले यसअघि क्वालीफायरको गत दुईवटा म्याचमा कम्बोडियालाई २-०-ले अनि अफगानिस्तानलाई २-१-ले पराजित गरेको थियो। गत दुईवटा म्याचमा असल लयमा रहने सुनिल छेत्रीको नाममा अहिले ८३ वटा अन्तर्राष्ट्रिय गोल रहेको छ अनि उनीसँग हंगकंग विरुद्ध असल प्रदर्शन गरी लियोनल मेस्सी (८६)-को गोल संख्या नजिक पुग्ने मौका हुनेछ। फीफा ऱ्याङकिंगमा चाहिँ भारत (१०६) प्रतिद्वन्द्वी टीम हंगकंग (१४७) भन्दा धेरै अघि रहेको छ तर जारी प्रतियोगितामा हंगकंगले प्रभावशाली प्रदर्शन गरेको हुनाले इगोर स्टीमाकको टीममाथि दबाउ अवश्यै रहनेछ। भारतले समग्रमा पाँचौंपल्ट एएफसी एशियाई कपको निम्ति क्वालीफाई गऱ्यो। यसअघि टीमले १९६४, १९८४, २०११ र २०१९-मा प्रतियोगितामा हिस्सा लिएको थियो।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *