यूएफा नेशन्स लीगः असहाय फ्रान्स विरुद्ध क्रोएशियाको जीत

IMG-20220614-WA0103.jpg

१४ जूनः जीतको लय हासिल गर्न छटपटाइरहेको विश्व कप विजेता फ्रान्स यूएफा नेशन्स लीग फूटबल प्रतियोगितामा अझ एउटा हारको सम्मुखीन भयो। सोमवार राति खेलिएको ग्रुप ए-को म्याचमा फ्रान्सलाई क्रोएशियाले १-०-ले पराजित गऱ्यो। प्रतियोगितामा चारवटा म्याच खेलेर फ्रान्सको यो दोस्रो हार हो अनि टीमले अहिलेसम्म एउटा म्याच पनि जित्न सकेको छैन। यसैको फलस्वरूप डिडिएर डेसच्याम्प्सको टीम ग्रुपको फेदमा रहन पुग्यो। म्याचमा ५४ प्रतिशत पोजेशनको साथ खेल्ने फ्रान्सले लगातार आक्रमण गरे पनि गोल हासिल गर्न सकेन। यसबीच क्रोएशियाले म्याचको एकमात्र गोल पेनल्टीबाट हासिल गऱ्यो। फ्रान्सीसी डिफेण्डर इब्राहिम कोनाटेले आफ्नो बक्सभित्र विपक्षी खेलाड़ी जोसिप ब्रेकालोलाई लड़ाउँदा रेफरीले क्रोएशियालाई पेनल्टी प्रदान गरे। म्याचको पाँचौं मिनटमा त्यही मौकालाई गोलमा परिणत गरी अनुभवी लुका मोड्रिचले क्रोएशियालाई बढ़त दिलाए, जुन अन्तमा गएर निर्णायक साबित भयो। यसै ग्रुपको अन्य एउटा म्याचमा लयमा रहने डेनमार्कले अष्ट्रिया विरुद्ध २-०-ले जीत हासिल गऱ्यो। डेनिस टीमबाट म्याचमा जोनास विण्डले २१औं र एण्ड्रिएस स्कोव ओलसेनले ३७औं मिनटमा गोल गरे। ग्रुपमा अहिले डेनमार्क ४ वटा म्याचमा ९ पोइण्टको साथ शीर्ष स्थानमा रहेको छ। त्यसपछि क्रोएशिया ७ पोइण्टको साथ दोस्रो र अष्ट्रिया ४ पोइण्टको साथ तेस्रो स्थानमा रहेको छ। फेदमा रहने फ्रान्ससँग केवल २ पोइण्ट रहेको छ।

ग्रुप के (लीग सी)-मा अजरबैजानले बेलारुस विरुद्ध २-०-ले जीत हासिल गऱ्यो। विजेता टीमबाट माहिर एमरेलि र रेमिल शेदायेवले गोल गरे। यसरी नै कजाखस्तानले दशजना खेलाड़ीमा सीमित स्लोवाकियालाई २-१-ले पराजित गऱ्यो। विजेता टीमबाट यान वोरोगोवस्की र एलखान अस्तानोवले गोल गरे। यसरी नै स्लोवाकियाबाट मेटस बेरोले एक गोल सुलाए। म्याचमा स्लोवाकियाका खेलाड़ी ओन्द्रेज डुडालाई ८७औं मिनटमा रातो कार्ड देखाइयो। यस ग्रुपमा अहिले कजाखस्तान १० पोइण्टको साथ शीर्ष स्थानमा रहेको छ जबकि स्लोवाकिया ६ पोइण्टको साथ दोस्रो स्थानमा छ। यसरी नै ग्रुप एफ-मा आइसल्याण्ड र इज्रायलबीचको म्याच २-२-ले ड्र रह्यो।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *