भानुभक्त सांस्कृतिक संघद्वारा पद्मश्री धनीराम टोटो सम्मानित

00-1-IMG-20230310-WA0183

टोटोपाडा: पश्चिम बङ्गाल राज्यको अलिपुरद्वार जिल्लाअन्तर्गत पर्ने मदारीहाट खण्डमा अवस्थित टोटोपाडामा मात्र टोटो जनजातिको बसोबासो पाइन्छ विश्वको अरु कुनै ठाउँमा यो जाति पाइन्दैन। टोटो जनजातिले बोल्ने भाषा पनि टोटो हो र यसको विकास र सम्बर्द्धनामा समाजसेवी र विशिष्ट साहित्यिक धनीराम टोटो धेरै वर्षदेखि लागिपरेका छन्। उनी कविता लेख्छन्, बाँसुरी बजाउँछन् र टोटो भाषा साहित्यको श्रीवृद्धिमा उनले टोटो व्याकरण साथै वर्णमाला पनि बनाएका छन्। विश्वमा लुप्त हुँदै गइरहेको टोटो भाषा साहित्यलाई संरक्षण एवं विकासकाको लागि उनले गरेको कार्य साथै अतुलनीय योगदानलाई मुल्याङ्कण गर्दै भारत सरकारले ‘पद्मश्री’ पुरस्कारले सम्मान जनाएकोमा भानुभक्त सांस्कृतिक संघ मदारीहाट पी एस कमिटीबाट अध्यक्ष शम्भु ढकाल, कार्यकारी अध्यक्ष किरण उपाध्याय, सचिव गणेश राउत,कार्यकारी सदस्य आशिष शर्मा र कृष्ण शर्मा, महिला प्रकोष्ठबाट श्रीमती दुर्गा छेत्री, श्रीमती हेमा बजगाईँलगायत वरिष्ठ समाजसेवी सलाहकार देवेन विश्वकर्माको टोली उनलाई सम्मान जनाउन उनको वासस्थानमा गई उनलाई सम्मान जनाउँदै अभिनन्दन पत्र प्रदान गरेका छन्। देवेन विश्वकर्माले उनलाई डुवर्सको गौरव भनेका छन्l श्रीमती दुर्गा छेत्रीले उनलाई यस भेकको मोती भनि सम्बोधन गरेकी छिन्। युवा साहित्यकार किरण उपाध्यायले उनको उपलब्धी टोटो जातिको निम्ति मात्र नभएर भाषा ,साहित्यको संरक्षण र विकासको निम्ति निःस्वार्थरुपले कार्य गर्ने संसारको सबै जातिहरुको पनि हो र उनको यो सम्मानले समस्त डुवर्सवासी साथै अल्पसंख्यक समुदायका समस्त भाषीहरु खुशीले गदगद भएको जनाएका छन्। पद्मश्री धनीराम टोटोले सबैलाई आफ्नो भाषा, साहित्यिक र संस्कृतिलाई माया र सम्मान गर्नुपर्छ किनभने भाषा र साहित्य विलुप्त भए जाति पनि नरहने र अबको समयमा यसको विकासको निम्ति युवाहरु पनि अघि आउनु पर्छ भनि बताए।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *