हंगकंग विरुद्ध जीतको साथ एशियाई कपको निम्ति क्वालीफाई गर्ने भारतको लक्ष्य

IMG-20220614-WA0095.jpg

१४ जूनः एएफसी एशियाई कप क्वालीफायरको ग्रुप डी-को अन्तिम म्याचमा भारतले मंगलवार राति शक्तिशाली हंगकंगको चुनौती स्वीकार्नेछ। यस म्याचमा जीत हासिल गर्न सके या म्याच ड्र गर्न सके पनि भारतले २०२३ एशियाई कपको निम्ति क्वालीफाइ गर्न सक्नेछ। यस्तो स्थितिमा कलकत्ताको सल्ट लेक स्टेडियममा खेलिने यस म्याचमा भारतको नजर फेरि एकपल्ट चमत्कारी कप्तान सुनिल छेत्रीमाथि रहनेछ। भारत र हंगकंगसँग अहिले २-२ वटा जीतको साथ ६-६ पोइण्ट रहेको छ तर गोल अन्तरको आधारमा जोन एण्डरसनको टीम अघि रहेको छ। ६ वटा ग्रुपमा शीर्षमा रहने टीमहरू बाहेक अन्य सर्वश्रेष्ठ ५ वटा टीमले मुख्य चरणमा स्थान बनाउनेछ। गत दुईवटा म्याचमा असल लयमा रहने सुनिल छेत्रीको नाममा अहिले ८३ वटा अन्तर्राष्ट्रिय गोल रहेको छ अनि उनीसँग हंगकंग विरुद्ध असल प्रदर्शन गरी लियोनल मेस्सी (८६)-को गोल संख्या नजिक पुग्ने मौका हुनेछ। फीफा ऱ्याङकिंगमा चाहिँ भारत (१०६) प्रतिद्वन्द्वी टीम हंगकंग (१४७) भन्दा धेरै अघि रहेको छ तर जारी प्रतियोगितामा हंगकंगले प्रभावशाली प्रदर्शन गरेको हुनाले इगोर स्टीमाकको टीममाथि दबाउ अवश्यै रहनेछ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *