महंगाई भत्ताको मांगमा खरसाङ कोर्टको कर्मचारीहरूद्वारा धरणा प्रदर्शन

IMG-20230310-WA0132.jpg

खरसाङ: खरसाङ महकुमा अदालतका कर्मचारीहरूले आफूहरूले महगाई भत्ता पूरा नपाएको विरोध गर्दै अदालत परिसरमा धर्ना-प्रदर्शन गरेका छन्। पश्चिम बंगाल कोर्ट कर्मचारी एसोसिएशनको निर्देशनमा खरसाङ कोर्टको कर्मचारीहरूले पनि धर्ना प्रदर्शन गरेका छन्। धर्नामा बसेका कर्मचारीहरूले सरकारले पूरा मंहगाई भत्ता नदिएकोमा विरोध जनाउँदै नारा पनि लगाए। योभन्दा अघि पनि खरसाङ कोर्टको कर्मचारीहरूले डीए नदिएको भन्दै गत २० र २१ फरवरीको दिन दुई दिनव्यापी धरणा प्रदर्शन गरेका थिए। आजको धरणा प्रदर्शन विषयमा कोर्ट कर्मचारी एसोसिएशन खरसाङ शाखाको सचिव शिवराज राणाले आफूहरूले पाउन पर्ने मंहगाई भत्ताको माग गरिरहेको भए तापनि सरकारले तीन प्रतिशत मात्र भुक्तान गरेर रहल रकम भुक्तान नगरेको बताए। उनले आज यस प्रकारको धर्ना प्रदर्शन राज्यभरि नै चलिरहेको पनि बताए। त्यसरी नै अर्का कर्मचारी देवाशिष सरकारले पनि विस्तृत रुपमा जानकारी गराएका छन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *