शैक्षिक सत्र २०२३-२४ देखि ५७ प्रतिष्ठित केन्द्रीय/राज्य सरकारका विश्वविद्यालय/संस्थाहरूमा चार वर्षे एकीकृत शिक्षक शिक्षा कार्यक्रम शुरु

Teacher

नयाँ दिल्ली: राष्ट्रिय शिक्षक शिक्षा परिषद् (एनसीटीई)ले शैक्षिक सत्र २०२३-२४ देखि देशभरका ५७ शिक्षक शिक्षा संस्थान (टीईआई) मा एकीकृत शिक्षक शिक्षा कार्यक्रम (आईटीईपी) शुरु गरेको छ। यो एनईपी २०२० अन्तर्गत एनसीटीईको प्रमुख कार्यक्रम हो। आईटीईपी, जुन २६ अक्टोबर २०२१ मा अधिसूचित गरिएको थियो, चार वर्षे दोहोरो-कम्पोजिट स्नातक डिग्री हो जसले बीए बीएड/बीएस्सी बीएड/ र बी कम बीएड पाठ्यक्रमहरू प्रदान गर्दछ। यो पाठ्यक्रम; नयाँ विद्यालय संरचनाले शिक्षकहरूलाई चार चरणहरू जस्तै आधारभूत, पूर्व तयारी, मध्य र माध्यमिक (५+३+३+४) तयार पार्नेछ। यो कार्यक्रम प्रारम्भमा प्रतिष्ठित केन्द्रीय/राज्य सरकारी विश्वविद्यालय/संस्थाहरूमा पायलट मोडमा सञ्चालित छ। आईटीईपी माध्यमिक पछि आफ्नो रोजाइको करियरको रूपमा शिक्षण रोज्ने सबै विद्यार्थीहरूको लागि उपलब्ध हुनेछ। यस एकीकृत पाठ्यक्रमले विद्यार्थीहरूलाई हालको बीएड गर्नसक्ने भएकाले एक वर्षको बचत गरी फाइदा पुग्नेछ। योजनाको लागि आवश्यक पाँच वर्षको सट्टा चार वर्षमा पाठ्यक्रम पूरा गर्नेछ। यसका लागि राष्ट्रिय परीक्षा एजेन्सी (एनटीए)द्वारा राष्ट्रिय साझा प्रवेश परीक्षा (एनसीईटी) मार्फत भर्ना गरिनेछ।

आईटीईपीले अत्याधुनिक शिक्षा मात्र प्रदान गर्दैन, तर प्रारम्भिक बाल्यकाल हेरचाह र शिक्षा (ईसीसीई), आधारभूत साक्षरता र संख्यात्मकता (एफएलएन), समावेशी शिक्षा र भारत अनि यसको मूल्यमान्यता/आचार/कला/परम्परा र अन्य विषयहरू  बुझाइको जग पनि राख्नेछ। पाठ्यक्रमले सम्पूर्ण शिक्षक शिक्षा क्षेत्रको पुनरुत्थानमा महत्त्वपूर्ण योगदान गर्नेछ। भारतीय मूल्यमान्यता र परम्परामा आधारित बहु-अनुशासनात्मक वातावरणको माध्यमबाट यस पाठ्यक्रमबाट उत्तीर्ण हुने सम्भावित शिक्षकहरूलाई २१औं शताब्दीको विश्वव्यापी मापदण्डको आवश्यकताहरूका लागि उजागर गरिनेछ र यसरी नयाँ भारतको भविष्यलाई आकार दिन अग्रणी भूमिका खेल्नेछ। -पीआईबी

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *