केन्द्रीय मन्त्री सर्बानन्द सोनोवालले गरे एससीओको पहिलो अन्तर्राष्ट्रिय सम्मेलन र परम्परागत औषधि प्रदर्शनीको उद्घाटन

00-1-IMG-20230304-WA0161

कोलकाता: बन्दरगाह, ढुवानी, जलमार्ग तथा आयुष मन्त्री सर्वानन्द सोनोवालले सांघाई सहयोग संगठन (एससीओ)अन्तर्गत परम्परागत चिकित्सामा पहिलो ‘बीटुबी ग्लोबल सम्मेलन र प्रदर्शनी’ को उद्घाटन गरेका छन्। यस प्रकारको पहिलो चार दिने अन्तर्राष्ट्रिय शिखर सम्मेलनमा १७ देशका १५० भन्दा बढी प्रतिनिधि सहभागी छन्। केन्द्रीय मन्त्रीले बीटुबी एक्सपोको पनि उद्घाटन गर्नुभयो। सम्मेलनमा कजाकिस्तान, चीन, किर्गिस्तान, पाकिस्तान, रूस, ताजिकिस्तान, उज्वेकिस्तान र भारतद्वारा विस्तृत प्रस्तुतीकरण सहित ‘परम्परागत औषधि उत्पादनहरूको लागि नियामक फ्रेमवर्क’ जस्ता धेरै रोचक सत्रहरू देख्न सकिन्छ। छलफलको उद्देश्य फार्मा र औषधि उत्पादकहरूको दृष्टिकोणबाट व्यापारको ढाँचाका साथै बजारको परिदृश्य बुझ्नु हो। सोनोवालले भने, ‘आधुनिक चिकित्साको साथसाथै परम्परागत चिकित्साका उत्कृष्ट अभ्यासहरूको व्यवस्थित र वैज्ञानिक रूपान्तरणको साथ, यो मानवताको उन्नतिको लागि अद्भुत पहल होl’

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *