विश्वका श्रेष्ठ अनि महङ्गा स्कूलहरू…

00-1-Schools

कलेज एल्पिन ब्यू सोलेल युरोपेली देश स्विट्जरल्याण्डमा बनेको यो विद्यालय विश्वकै महँगो विद्यालय मानिन्छ। यहाँ ५० देशका करिब ३०० विद्यार्थी अध्ययन गर्छन्। विद्यालयमा सुविधाका साथ धेरै अतिरिक्त क्रियाकलापहरू गरिन्छ। यहाँ एक वर्षको शुल्क करिब १.३४ करोड रुपियाँ छ।

इन्स्टिच्युट ली रोजे स्विट्जरल्याण्डकोमा बनेको यस विद्यालयमा विश्वका ६५ देशबाट आएका करिब ४२० देखि ४३० बालबालिका पनि पढ्छन्। यस विद्यालयको वार्षिक शुल्क करिब १ करोड १ लाख रुपियाँ रहेको छ। यसलाई ‘स्कूल अफ किंग्स’ भनिन्छ। यहाँ अध्ययनरत विद्यार्थीलाई घोडसवारी, क्याम्पिङलगायतका धेरै क्रियाकलाप गराइन्छ।

थिंक ग्लोबल स्कूल अमेरिकाको न्यूयोर्क शहरमा बनेको यस विद्यालयका बालकबालिकाले आफ्नो पढाइसँगै विश्व घुम्छन्। यो एक प्रकारको ट्राभलिङ स्कूल हो र यसका विद्यार्थीहरूले वर्षभरि ४ विभिन्न देशमा बसेर आफ्नो अध्ययन पूरा गर्छन्। यसको वार्षिक शुल्क करिब ७७ लाख रुपियाँ छ।

द अमेरिका स्कूल इन स्विट्जरल्याण्ड (टीएएसआईएस) यस विद्यालयले अध्ययन र संगीतलाई समान महत्त्व दिन्छ। धेरै चर्चित कलाकारहरू विद्यालयमा विद्यार्थीहरूलाई पढाउन आउँछन्। यहाँ सङ्गीत शब्दांश जत्तिकै महत्त्वपूर्ण छ। वार्षिक शुल्क करिब ७५ लाख रुपियाँ छ।

ब्रिलन्टमन्ट इन्टरनेशनल स्विजरल्याण्डको लुसेन शहरमा बनेको यो विद्यालयमा शिक्षा पनि निकै महँगो छ। यहाँ एक वर्षको शुल्क करिब ७५ लाख रुपियाँ पर्छ। विद्यालयले बालकबालिकालाई स्काई डाइभिङ, बिच भलिबल, घोडा सवारी जस्ता पाठ्यक्रमहरू पनि उपलब्ध गराउँछ।

हर्टवुड हाउस स्कूल, इंग्ल्याण्डको यो स्कूल राम्रो शिक्षा र विलासिता सुविधाहरूको लागि परिचित छ। यहाँ प्रधानमन्त्री–राष्ट्रपतिको अन्तर्वार्ता र सिफारिसका आधारमा मात्र भर्ना हुने गरेको छ। वार्षिक शुल्क लगभग २५ लाख रुपियाँ छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *