शेन वार्नको रेकर्ड तोड़े न्याथन लायनले

IMG-20230301-WA0104.jpg

१ मार्चः भारत विरुद्ध बोर्डर-गावस्कर ट्रफी टेस्ट सीरीजको तेस्रो टेस्ट म्याचमा अष्ट्रेलियाका स्पिनर न्याथन लायनले एउटा ठूलो उपलब्धि हासिल गरे। लायन एशियामा सर्वाधिक विकेट लिने पाहुना बलर बनेका छन्। इन्दौरको होल्कर स्टेडियममा बुधवार रविन्द्र जडेजालाई आउट गर्नको साथै लायनले यस उपलब्धिलाई हासिल गरे। लायनले भारतीय ईनिंग्सको ११औं ओभरको पाँचौं बलमा जडेजालाई आउट गरे। एशियामा यो उनको १२८औं विकेट हो। यसको साथै उनले अष्ट्रेलियाकै महान लेग स्पिनर शेन वार्नको रेकर्ड तोड़े। वार्नको नाममा एशियामा १२७ विकेट रहेको छ। लायनले जडेजालाई आउट गर्नको साथै वार्नको रेकर्ड आफ्नो नाम गरे। एशियामा सर्वाधिक विकेट लिने पाहुना बलरहरूमा लायन र वार्नपछि न्यूजील्याण्डका डेनियल भिटोरी (९८) तेस्रो र दक्षिण अफ्रिकाका डेल स्टेन (९२) चौथो स्थानमा रहेका छन्। त्यसपछि ईंग्ल्याण्डका जेम्स एण्डरसन (८२) र वेष्ट इण्डिजका कर्टनी वल्श (७७ विकेट)-को नम्बर रहेको छ। आजदेखि शुरु तेस्रो टेस्ट म्याचमा टस जितेर पहिला ब्याटिंग गर्ने भारतको दुर्दशा भयो। अष्ट्रेलियाई स्पिनरहरू अघि भारतीय ब्याटिंग क्रमले असहाय आत्मसमर्पण गऱ्यो अनि अन्तिम समाचार प्राप्त हुँदासम्म भारतले आफ्नो पहिलो ईनिंग्समा ८४ रनमै ७ विकेट गुमाइसकेको थियो।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *