के यो शहरका ६ हजार मानिसहरूले एलियन देखेकै हुन् ?

Alien-2

एलियन र यूएफओहरूका बारेमा दशकौंदेखि विभिन्न किसिमका दाबीहरू गरिँदै आएका छन्। केही महिनाअघि अमेरिकी रक्षा विभागको मुख्यालय पेन्टागनले पनि यसबारे प्रतिवेदन पेश गरेको थियो। तर अझै पनि उनीहरूको बारेमा पूर्ण रूपमा केही भन्न सकिँदैन। यो पनि ध्यान दिन आवश्यक छ, अमेरिकी सरकारले युएफओको अस्तित्वलाई अस्वीकार गरेको छैन। यसैबीच, इंग्ल्याण्डको स्कटल्याण्डको स्टर्लिङ नजिकै बोनीब्रिज शहरका मानिसहरूले आफूहरूले यूएफओहरू नजिकबाट देखेको दाबी गरेका छन्। उनीहरूले यस विषयमा छानबिन गर्न सरकारसँग माग गरेका छन्। यहाँ ६ हजार मानिसले यूएफओ देखेको दाबी गरेका छन्। यो सहर बेलायतमा पर्छ ।

डेली स्टारको रिपोर्टका अनुसार गएको केही वर्षदेखि स्कटल्याण्डको स्टर्लिङ नजिकै बोनीब्रिजको माथिको आकाशमा तीन सय भन्दा बढी रहस्यमयी यानहरू भेटिएका छन्। स्कटल्याण्डको यो शहरमा गएको २० वर्षदेखि आकाशमा क्रप सर्कल र अनौठो चीजहरू देखिँदै आएको दाबी गरिएको छ। यससँगै यहाँ एलियन्स आएर अपहरण गर्ने हल्ला पनि चलेको छ। अब स्थानीय पार्षद बिली बुकाननले यस विषयमा सरकारसँग छानबिनको माग गरेका छन्। उनी भन्छन्, ‘मलाई अझै थाहा छैन त्यो के हुनसक्छ। के त्यो सेना हो? हामीलाई थाहा छैन, तर हामी यो जान्न चाहन्छौंल’ बुकाननले भने, ‘विश्वभरका तथाकथित यूएफओ विशेषज्ञहरू अनुसन्धान गर्न शहरमा आएका थिए, तर कसैले पनि आकाशमा देखिएका त्रिकोणीय आकारका वस्तुहरूको ठूलो संख्याको व्याख्या गर्न सकेन, जुन १९९२ मा शुरु भयो जब एक व्यक्तिले आकाशमा केही उडेको देखेका थिए। यद्यपि धेरैले कामबाट बच्न यस्ता दाबी गरेका थिएl’

कम्पनीहरुका अनुसार कामबाट बच्न धेरै मानिसहरुले आफूले एलियन देखेको दाबी गर्ने गरेका छन्। मानिसहरू धेरै दिन र एक वर्षभन्दा बढी बेपत्ता हुने गर्थे र एलियनले अपहरण गरेको भन्थे। धेरैले आफूमाथि प्रयोग भएको दाबी पनि गरेका छन् भने कतिपयले अर्कै ग्रहमा लगिएको बताएका छन्। केही मानिसहरूका अनुसार उनीहरू कार्यालयमा आउन सकेनन् किनभने उनीहरू साना हरियो रङका मानिसहरू (अर्थात एलियन) खोज्न चाहन्छन्। एक कम्पनीका सीईओ एलन प्राइसले भने, ‘जुन कम्पनीहरूले आफ्ना कर्मचारीहरूले एलियनले अपहरण गरेको वा ‘भूत देखेको’ले बिरामी भएको दावी गरेका छन् उनीहरूले पक्कै पनि हरियो (एलियन) देखेका हुनसक्छन्। हुनसक्छ त्यहाँ अफिस बाहिर सासरहरू मात्र होइन, त्यहाँ वास्तवमा एलियनहरू छन्।’

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *