भाह तकभर विण्टर कपः सिंगामारी लायन्स क्लब सेमिफाइनलमा

IMG_20230205_102024.jpg

५ फरवरीः भाह तकभर बिर्खे धुरा कल्याण समिति, दार्जीलिङको तत्त्वावधानमा आयोजित भाह तकभर विण्टर कप ओपन नक्आउट फूटबल टुर्नामेण्टमा सिंगामारी लायन्स क्लबले सेमिफाइनलमा स्थान बनायो। भाह तकभर खेल मैदानमा शनिवार भएको तेस्रो क्वार्टर फाइनलमा जीबी सिंगामारी लायन्स क्लबले राजीव सेभेन एफसी-लाई ३-१-ले पराजित गऱ्यो। विजेता टीमबाट गणेश लिम्बुले २ अनि उमेशले १ गोल गरे। यसरी नै राजीव सेभेन एफसी-बाटअतीत राईले गोल गरे। अतीत राईलाई प्लेयर अव् द म्याच चयन गरियो। टुर्नामेण्टको फाइनल १९ फरवरीमा हुनेछ। टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई ट्रफीको साथमा १.५ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनरअप् हुने टीमलाई ट्रफीको साथमा ७० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *