गायिका सुनिता श्रीको म्युजिक भिडियो ‘नबोली नमार’ लोकार्पित

IMG-20230201-WA0138.jpg

खरसाङ: गायिका सुनिता श्रीको म्युजिक भिडियो ‘नबोली नमार’ लोकार्पण गरिएको छ। सालबारी-मेथीबारीस्थित क्याँफे दी ट्वीन्समा एक कार्यक्रमबीच वरिष्ठ गीतकार डा. जस योञ्जन ‘प्यासी’-को शब्द रचना अनि प्रसिद्ध गायिका सुनिता श्रीको सङ्गीत अनि गायनमा रहेको म्युजिक भिडियो ‘नबोली नमार’-को लोकार्पण गरियो।

कार्यक्रममा गीतकार डा. जस योञ्जन ‘प्यासी’, गायिका सुनिता श्री, गायक-सङ्गीतकार जीवन आधिकारी, गीतकार कालुसिहं रणपहेंली, वरिष्ठ गायक-सङ्गीतकार नरवीर रसाइली, वरिष्ठ गायक-सङ्गीतकार महेश्वर लामा, वरिष्ठ गायक-सङ्गीतकार भानुकुमार रामूदामू, सुकराज दुमी आदिको बाहुलीबाट लोकार्पण गरिएको छ। ‘नबोली नमार’ यो सङ्गीत भिडियोका संयोजक हुन् ख्यातिप्राप्त सङ्गीतकार महेश्वर लामाद्वारा मेलोडी म्युजिक स्टुडियो खरसाङमा रेकर्ड गरिएको गीत हो जुन भिडियोमा सिनेमाग्राफी र निर्देशन गरेका हुन् सुकराज दुमी राईले। यसमा कोरियोग्राफी रहेको छ अनिता गदाल रसाइलीको भने यस भिडियोका कलाकारद्वय महेन्द्र लामा अनि हिमा थापा रहेका छन्। नृत्य कलाकारहरू छन् जमुना लामा, कुमारी लामा, गङ्गा लामा, प्रिया लामा अनि र जमुना शर्मा। आकाशवाणी खरसाङका वरिष्ठ उदघोषक उमेश कार्कीढोलीद्वारा सञ्चालन गरिएको यो लोकार्पण समारोहमा गीतकार डा जस योञ्जन ‘प्यासी’, गायिका-सङ्गीतकार सुनिता श्री, वरिष्ठ गायक-सङ्गीतकार जीवन अधिकारी, वरिष्ठ गायक-सङ्गीतकार नरवीर रसाइली, वरिष्ठ गायक-सङ्गीतकार सङ्गीतकार महेश्वर लामा, वरिष्ठ गायक-सङ्गीतकार भानुकुमार रामूदामू, गीतकार कालूसिंह रनपहेंली, सिनेमाग्राफर सुकराज दुमी राई, रूपमीत लेप्चा योञ्जन, क्याँफे दी ठ्वीन्सकी स्वामिनी लेखा राई, गयिकाका परिवारका सदस्यहरू र आफन्तहरूसित अन्य गीत-सङ्गीतप्रेमीहरू उपस्थित थिए। भिडियो सङ्गीतको लोकार्पणपछि यो सङ्गीत भिडियोलाई सानो पर्दामा प्रदर्शन गरियो। डा जस योञ्जन ‘प्यासी’-को बाहुलीबाट दीप प्रज्ज्वलन गरिएपछि आरम्भ भएको यो कार्यक्रममा गीतकार डा. जस योञ्जन ‘प्यासी’, गायिका सुनिता श्री, गायक-सङ्गीतकार जीवन आधिकारी, गीतकार कालूसिंह रनपहेंली, सङ्गीतकार-गायक नरवीर रसाइली, सङ्गीतकार-गायक महेश्वर लामा, गायक-सङ्गीतकार भानुकुमार रामुदामु आदिले सम्बोधन गरेका थिए अनि प्रदर्शन गरिएको भिडियो सङ्गीतमाथि आफ्ना दृष्टिकोणहरू प्रस्तुत गरेका थिए।

डा. प्यासीले आफ्नो सम्भाषणमा नेपाली गीतहरूको इतिहास केलाउँदै आफूले गीत लेख्ने शब्दकारहरूको निम्ति गरेका कार्यहरूको उल्लेख गर्दै यो गीत कसरी कथियो त्यसबारे बताका थिए। गायिका सङ्गीतकार सुनिता श्रीले पनि यो भिडियो सङ्गीत रेकर्ड गर्दा र बनाउँदाका अनुभवहरू साझा गरिन् भने उनैले सबैलाई धन्यवाद ज्ञापन पनि गरेकी थिइन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *