गान्तोकः हाम्रो सिक्किम पार्टी (एचएसपी) का अध्यक्ष भाइचुङ भोटियाले याङगाङको पाथिङ गाउँका पैह्वो प्रभावित नानीहरूलाई सिलगढीमा बंगाल सफारी गर्न लिएर गएका छन्। उक्त जानकारी एचएसपी मिडिया प्रकोष्ठले प्रेस विज्ञप्तिमा दिएको छ।
विज्ञप्ति अनुसार, कुनै पनि दर्दनाक अनुभवहरूबाट नानीहरू सर्वाधिक प्रभावित बन्ने गर्छन्। यस कारण यी नानीहरूलाई सहयोग गर्नु र हरसम्भव तरिका समर्थन गर्नु प्रत्येक व्यक्तिको जिम्मेवारी हो। एचएसपी अध्यक्षले पाथिङका पैह्रो प्रभावित मानिसहरूलाई सहयोग गर्दै आइरहेको बताइएको छ।
About Author
Post Views: 200