तीनधारेमा भईरहेको क्रिकेट टुर्नामेन्टको फाइनलमा सिपाहीधुरा र चुनभट्टीको भीड़न्त हुने

IMG_20230125_201847.jpg

खरसाङ: तीनधारेको मिठाईडाँड़ा खेल मैदानमा भईरहेको क्रिकेट टुर्नामेन्टमा सेमी फाइनलमा आफ्नो आफ्नो खेल जितेर लिकंन क्लब सिपाहीधुरा र चुनभट्टी फाइनलमा प्रवेस गरेको छ। तीनधारे १७ माइलका युवाहरूका आयोजनामा सम्पन्न क्रिकेट टुर्नामेन्टको पहिलो सेमी फाइनल खेल गैरी गाउँ तीनधारे र लिकंन क्लब सिपाहीधुरामाझ सम्पन्न भएको छ। उक्त खेलमा गैरी गाउँले पहिला व्याटिङ गर्दै निर्धारित १५ ओभरमा ७२ रन मात्र बनाउन सकेको थियो। गैरी गाउँको पक्षमा सुमित छेत्रीले २७ रन बनाएका थिए। ७३ रनको लक्ष्यलाई खेदो गर्दै केवल विकेट गुमाएर लिंकन क्लबले लक्ष्य हाँसिल गर्दै जीतेर फाइनलमा प्रवेस गरेका छन्। लिंकन क्लबको पक्षमा भुवन प्रधानले ३६ अनि अाकाश छेत्रीले २१ रन बनाएका थिए। त्यसरी नै दोस्रो सेमी फाइनल खेलमा १७ माइल स्टारलाई जित्दै चुनभट्टी फाइनलमा प्रवेस गरेको छ। चुनभट्टीले टस जितेर पहिला व्याटिङ गर्दै निर्धारित १५ ओभरमा १४७ रन बनाएका थिए। चुनभट्टीको पक्षमा मनोहर थापाले ७१ रन बनाएका थिए। उक्त रनलाई पिछा गर्दै १७ माइलले केवल ९० रन मात्र बनाएका थिए। चुनभट्टीको पक्षमा योगेन कार्कीले ५ विकेट लिएका थिए। अब आगामी २९ जनवरीको दिन हुने फाइनल खेलमा लिंकन क्लब सिपाहीधुरा र चुनभट्टीमाझ हुने भएको छ भनी अायोजक समितिको पक्षमा महेश सुनवारले जानकारी दिएका छन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *