पर्यटकहरूका लागि मुख्य आकर्षणको केन्द्र बन्दै सिटोङको आहाल डाँड़ा

IMG-20230125-WA0302.jpg

खरसाङ: दार्जिलिङ पहाड़को ग्रामीण पर्यटन क्षेत्रहरूमा सबैभन्दा आकर्षक क्षेत्र सिटोङलाई मानिन्छ। सिटोङ अहिले ग्रामीण पर्यटनको लागि मुख्य आकर्षण मानिन्छ भने सिटोङ क्षेत्रको मुख्य आकर्षणको केन्द्र आहाल डाँडा हो। आहाल डाँड़ा अहिले पर्यटन क्षेत्रमा सिटोङको मुटु मानिएको छ। दैनिक रूपमा सिटोङ घुम्न आउने पर्यटकहरूका लागि आहाल डाँड़ा पहिलो रोजाई बनेको छ। खरसाङ महकुमा अन्तर्गत सिटोङ तीन ग्राम पञ्चायत क्षेत्रमा पर्ने आहाल डाँड़ा अहिले पनि दैनिक रूपमा धेरै पर्यटकहरू आउने गरेका छन्। सिटोङ क्षेत्रमा फस्टिएर गएको ग्रामीण पर्यटन र होम स्टे व्यवसायलाई धेरै हदसम्म आहाल डाँडाले सहयोग गरेको छ। हालमा सिटोङको आहाल डाँड़ा पर्यटकहरूका मुख्य आकर्षणको केन्द्रबिन्दु बनेको छ। सिटोङ आउने हरेक पर्यटक आहाल डाँड़ा पुगेर प्राकृतिक सुन्दरतालाई निरीक्षण गर्छन् र मोहित बनेर फर्किन्छन्। आहाल डाँडाबाट पर्यटकहरूले ३६० डिग्रीको भ्यु देख्न सक्छन् जसले गर्दा पर्यटकहरू आकर्षित हुने गर्छन् अनि आहाल डाँड़ा पर्यटकहरूको पहिलो रोजाई बनेको छ। यहाँ दैनिक एक हजारभन्दा बेसी मानिसहरू आउने गरेको जानकारी प्राप्त भएको छ। सिजनको समय झनै यहाँ ४-५ हजार पर्यटकहरू आउने गरेको बताउँछन् दोकानेहरू। सिटोङको आहाल डाँडाबाट विश्वको तेस्रो सबैभन्दा अग्लो पर्वत कञ्जनजंघाको सबैभन्दा राम्रो भ्यु देख्न सकिन्छ भने यहाँबाट पहाड़ र मधेशका मनमोहक दृश्यहरू पर्यटकहरूले अवलोकन गर्न सक्छन्। यहाँबाट सिक्किम,कालेबुङ, सिलगढी लगायत मधेशका विभिन्न भागहरू, तकदाह, पन्बु डाँड़ा, टिस्टा नदीको सुन्दर भ्यु पनि अवलोकन गर्न सकिन्छ। अाहाल डाँडाबाट सूर्योदयको मनमोहक दृश्य पनि बिहान अवलोकन गर्न सकिन्छ। कोलकोताको हावड़ाबाट सिटोङको आहाल डाँड़ा घुम्न आएका एकजना पर्यटक उपुरकुमार देले अाहाल डाँड़ा विषयमा बोल्दै यहाँ आएर प्राकृतिक सुन्दरताले भरिएको ठाउँ देखेर आफुलाई खुशी लागेको बताउँदै आफुहरू हाउडाबाट दार्जिलिङ घुम्न आएको र आज प्रखमपल्ट सिटोङ घुम्न आएको अनि यहाँको सुन्दरता देखेर आफुहरू मोहित बनेको बताए। उनले यहाँबाट ३६० डिग्रीको भ्यु देखेर बारम्बर आउने इच्छा भएको पनि बताएका छन्। त्यसरी नै प्रयागराजबाट आएका विद्यार्थीहरूका टोलीले पनि आहाल डाँड़ा भ्यु पोइन्ट देखेर आफुहरूलाई धेरै खुशी लागेको र यहाँ फेरि आउने इच्छा लागेको बताएका छन्। यही ग्रुपमा जयपुरबाट आएका एकजना युवा विपुल यस्तो प्राकृतिक सुन्दरताले भरिएको ठाउँ पहिलोपल्ट देखेको र आफुहरू धेरै मोहित बनेको पनि बताएका छन्। आहाल डाँड़ाको पर्यटकीय स्थलमा दोकान थापेर बसेका दर्पण तामाङले पत्रकारहरूले सोधेका प्रश्नको उत्तरमा आहाल डाँड़ा सिटोङको मुटु रहेको बताउँदै यहाँ दैनिक रूपमा एक हजारदेखि बाह्र सय पर्यटकहरू आउने गरेको र यसमा अस्सी प्रतिशत पर्यटकहरू कोलकोता क्षेत्रबाट आउने गरेको बताएका छन्। उनले भने,’अहिले टुरिस्टको अफ् सिजन रहेको र सिजन रहेको समय धेरै पर्यटकहरू आउने गर्छन्। विशेष गणतन्त्र दिवसको दिन यहाँ छुट्टीको दिन परेकोले ४-५ हजार पर्यटकहरू आउने सम्भावना रहेको छ। आहाल डाँड़ा भ्यु पोइन्टमा प्लाराग्लाईडिङ, हेलिकप्टर राईडिङ पनि गर्न सके झनै राम्रो हुन्छ होला। तर पनि यहाँ जस्तो छ तेस्तै प्राकृतिक रूपमा सुन्दरताले भरिएको नै पर्यटकहरूले मन पराउने गर्छन्।’

उनले अघि भने, अाहाल डाँडामा आउने पर्यटकहरूले ३६० डिग्रीको भ्यु पोइन्ट देखिने गरेको बताउँछन्। कञ्जनजंघाको दार्जिलिङभरिबाट नै देखिने भ्युहरूमध्ये यहाँबाट सबैभन्दा राम्रो भ्यु देखिने गरेको पर्यटकहरूले बताउने गरेका छन्। पर्यटकहरू बोक्ने सिटोङ एकको एकजना चालक पंकज राईले पत्रकारहरूसित कुराकानी गर्दै सिटोङको आहाल डाँड़ा पर्यटकहरूका लागि पहिलो रोजाई रहेको र सिटोङको विभिन्न पर्यटकीय स्थलहरूमध्ये अाहाल डाँड़ा मुख्य आकर्षणको केन्द्र रहेको बताएका छन्। उनले सिटोङको विभिन्न पर्यटकीय स्थानहरूमा घुमाउने गरेको र पर्यटकहरू सबैले आहाल डाँड़ा जान नै रुचाउने गरेको बताएका छन्। उनले आहाल डाँड़ा जानलाई पर्यटकहरूलाई दुरी हेरेर चार्च लिने गरेको बताएका छन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *