जसले तिमीलाई सभासद बनाए, उसलाई गाली र लान्छना लगाउनु न्यास संगत हो: किशन गुरुङ

दार्जीलिङ: जसले तिमीलाई सभासद बनायो,उसलाई गाली र लान्छना लगाउनु यो कहाँसम्म को न्यायसंगत हो भन्दै किशन गुरुङले तेर्साए प्रश्न। गत केही दिन अघि भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको सभालाई घुम जोरबंगला समष्टिको सभासद प्रमोस्कर ब्लोनले सम्बोधन गर्ने क्रममा हाम्रो पार्टी र पार्टी अध्यक्ष अजय एडवार्डसमाथि गाली र लान्छनाहरू लगाएको सामाजिक सञ्जालमा छाएपछि घुम जोरबंगला समष्टिको हाम्रो पार्टी महासचिव किशान गुरुङले जसले तिमीलाई सभासद बनाए,उसैमाथि आरोप र लान्छना लगाउनु कतिसम्मको न्याय संगत हो भन्दै प्रश्न तेर्साएका छन्।तिनले अघि भने प्रमोस्कर ब्लोन पुरानो राजनैतिक नेता हो, तिनले अन्य राजनैतिक दलहरूमा रहेर कार्यहरू गर्दै आएको हो तर उनलाई कसैले पनि चुनावी मैदानमा उतारेका थिएनन। हाम्रो पार्टी अध्यक्ष अजय एडवार्डसले उनलाई केन्द्रीय उपाध्यक्षको पदभार सँगसँगै चुनावी मैदानमा उतारेर सभासद समेत बनाएको हो। जसले तिमीलाई सभासद बनाए, उसलाई गाली र लान्छना लगाउनु सरासर गलत हो अनि हामी यसको कठोर शब्दमा निन्दा गर्छौ गुरुङले भने। हाम्रो पार्टी र पार्टी अध्यक्ष अजय एडवार्डसमाथि गाली र लान्छना लगाउन अघि प्रमोस्कर ब्लोनले एक पटक सोच्न पर्छ किन की हाम्रो पार्टीको ब्यार्नर र पार्टी अध्यक्ष अजय एडवार्डसको नेतृत्वमा नै उनी सभासद निर्वाचित भएको हो। प्रमोस्कर ब्लोनको अवस्था अहिले भोकोटे गुडडी जस्तो भएको छ,त्यो उडेर कहाँ झर्छ स्वयम उसलाई पनि थाहाँ छैन गुरुङले भने। प्रमोस्कर ब्लोनले घुम जोरबंगाल समष्टिको विभिन्न क्षेत्रहरूमा सभा एंव बैठकहरू गर्दैछ,शायद उसले यो कसरत पञ्चायत चुनावको निम्ति गरेको हुन सक्छ अनि उसले गर्न पनि सक्छ तर हामी निर्धक्क छौँ किन की हामीले काम गरेका छौँ गुरुङले भने। प्रमोस्कर ब्लोनलाई संघर्ष भन्ने थाहा छैन, किन की उनी हाम्रो पार्टी एंव पार्टी अध्यक्ष अजय एडवार्डसको नाममा सभासद निर्वाचित भएको हो तर आज उनले जुन थालमा खान्दै थिए अनि त्यही थालमा हग्ने काम गरेको गुरुङले बताए। हाम्रो पार्टीको घुम जोरबंगाल समष्टि महासचिव किशन गुरुङले समष्टिबासीहरूलाई निर्धक्क बस्ने आहवान गरेको छ। त्यसरी नै हाम्रो पार्टी केन्द्रीय समिति सदस्य दीपु थापाले मान्छे भएपछि अहंकार गर्न हुँदैन भन्ने बताए। अहंकारले कस्ता कस्ता राजा महाराजाहरूको पतन भएर गएको इतिहास साक्षी छ,आज प्रमोस्कर ब्लोनको हामीले त्यस्तै अंहकार र अभिमान देख्दैछौ तिनले भने। छोरा मान्छेको बोली भनेको बन्दुकबाट छुटेको गोली जस्तो हुन पर्छ तर त्यो बोली हामीले उनीहरूसँग देखेका छैनौ। उनीहरूसँग कुनै मुद्वा नहुँदा आज केवल हाम्रो पार्टी र पार्टी अध्यक्ष अजय एडवार्डसलाई गाली र लान्छना लगाउने कामहरू गर्दै आइरहेको छ यो दुर्भाग्य हो थापाले भने। प्रमोस्कर ब्लोन स्वयमले भन्ने गरेेको छ अजय एडवार्डस गरीवको मसिया हो,हो साच्चै नै हो,गाउँ बस्ती आदि जस्ता क्षेत्र हरूमा गएर गरीव विमारीहरूलाई दवाई बाँटने काम गर्दैछ अनि त्यो काम हामी स्वयम गएर गर्दै आइरहेका छौ। हामी बेरोजगार छौ तर गरिवको सेवा गर्न पाउँदा हामीलाई आनन्द लाग्छ,त्यसैकारण आज म अजय एडवार्डससँग छु थापाले भने। जीटीए सभाको चुनावमा हाम्रो पार्टीले अंशग्रहण गर्छ भन्दा मैले विरोध जनाएको हो,जीटीए चुनावमा उठनु हुँदैन भनेको हो तर केन्द्रीय कमिटीको बैठक डाकेर बैठकमा गर्जिन्दै जीटीएको चुनाव जानुपर्छ भन्ने प्रमोस्कर ब्लोन नै हो थापाले बताए।चुनाव प्रचार प्रसारको क्रममा इमान्दारलाई चैकी बैमानलाई जेल भन्ने पनि तपाई नै हो,चुनाव अवधि तपाईले छिनो र मार्तोलको कुरा गर्नु भएको थियो खै त्यो छिनो र मार्तेल?? छिनो र मार्तोल प्रयोग गर्नलाई प्रमोस्कर ब्लोन टाडो जानु पर्दैन आलुबारीको बाटो कोटटाउदा भई हाल्छ थापाले भने।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *