मञ्जु पार्क बाट गोरामुमो अध्यक्ष मन घिसिङले गरे अपिल

IMG-20230125-WA0286.jpg

मिरिक: गोरामुमो अध्यक्ष मन घिसिङले आज मञ्जु पार्क मिरिकमा भ्रमण गरी २९ जनवरी २०२३ आइतबारको दिन गोरामुमोको संस्थापक अध्यक्ष सुवास घिसिङको नाममा गरिने श्रद्धाञ्जली सभा अनि भूमि पूजन कार्यक्रमको निम्ति तयारीमा जुटेका कार्यको निम्ति निरीक्षण गरेका छन्। तयारीको निरीक्षणपछि गोरामुमो अध्यक्ष मन घिसिङले आफ्नो भिडियो सन्देश जारी गर्दै भने, गोर्खा राष्ट्रिय मुक्ति मोर्चाद्वारा २९ जनवरीको दिनको मञ्जु पार्क मिरिकमा आयोजना हुन लागेको सुवास घिसिङको श्रद्धाञ्जली सभा साथै आप्पा सुवास घिसिङ अनि आमा धनकुमारी सुब्बा (घिसिङ) को समाधि निर्माण हेतु भूमि पुजनको पार्टीका सम्पूर्ण तहबाट प्रचार प्रसार गरिएकोमा म ब्राञ्च केन्द्रीय समिति, ब्राञ्च कमिटी, भ्रातृ संगठनका सम्पूर्ण प्रतिनिधिवर्गलाई आभार व्यक्त गर्दछु। समष्टि स्तरदेखि सबैले आफ्नो ह्रदयबाट नै कार्य गरिएकोमा म खुशी छु। मेरो मात्र आप्पा नभएर सबैले नै आफ्नो आप्पा सम्झेका छन् र आफ्नो कर्तव्य अनि दायित्व सम्झेर खटिएका छन् त्यसको निम्ति म सबैलाई धन्यवाद दिन चाहान्छु। २९ जनवरीको एउटा भव्य कार्यक्रम त होइन समाधि निर्माणको निम्ति भूमि शुद्धीकरण (भूमि पुजन) साथै श्रद्धाञ्जली कार्यक्रम हो।’
मन घिसिङले अघि भने, १९८६ साल अगाडी अनि १९८६ सालको एउटा विश्वलाई गोर्खा चिनाउने आन्दोलन भयो। आप्पासंग हुने, आप्पासंग मिलेर कार्य गरेका सम्पूर्ण दाज्युभाईहरु पनि उक्त दिन आइदिने अपिल गर्दछु। आमा र आप्पाको आत्माले मात्र शान्ती पाहोस भनेर होइन तर १९८६ सालको आन्दोलनमा आफ्नो ज्यानको पनि पर्वाह नगरी जाति र माटोको उनमुक्तिको निम्ति शहीद हुने सबैको आत्मा शान्तिको निम्ति एउटा सर्वधर्म अनुसार पूजाको आयोजना गरिरहेका छौं।’

मन घिसिङले १९८६ सालको आन्दोलनमा होमिएका साथै आन्दोलनपछि दागोपाप गठन भएपछि पार्षद बनेका सम्पूर्ण पूर्व पार्षद कतिलाई मैले भेट्नु पनि सकेको छुइन उक्त दिन सबैजना आइदिने अपिल गर्दछु भन्दै पहाडका राजनैतिक दलका नेतृत्ववर्ग, देश विदेशमा रहनु भएका साथै शुभचिन्तकहरुसंग मेरो टेलिफोनमार्फत् सम्पर्क भयो। यो एउटा सानो कार्यक्रम रहेकोले गर्दा समाधि अनावरणको समयमा सबैलाई निमन्त्रणा गर्नेछौं भनी कसैले पनि चित्त नदु:खाइदिन मन घिसिङले अपिल गरेका छन्। उनले गोरामुमो नेतृत्ववर्ग अनि कार्यकर्ताहरुलाई अपिल गर्दै भने, २९ जनवरी २०२३ को कार्यक्रम आप्पाको पुण्यतिथि पनि हो साथै यो एउटा एेतिहासिक कार्यक्रम पनि हो यस्तो समय घरिघरि नआउन पनि सक्छ। यसैकारण यो मेरो एउटा व्यक्तिगत अपील पनि हो। पार्टीले पनि अपील गरिरहेका छन्। यसकारण त्यस दिन सबैजना भेला भएर आप्पालाई श्रद्धाञ्जली अर्पण गरौं।”

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *