प्रणामी समाजद्वारा सामूहिक विवाह र रक्तदान शिविर सम्पन्न

00-IMG-20230125-WA0234

सिलगढी: सिलगढीमा स्वामी सदानन्द च्यारिटेबल ट्रस्ट र गुरूजी प्रणामी मिशन ट्रस्टको संयुक्त आयोजनमा चियाबगानका १०१ कन्याहरूको विवाह सम्पन्न गरियो। १०१ जोडीहरूका  सामूहिक विवाह श्रीकृष्ण प्रणामी मन्दिर प्रांगण सिलगढीमा गरियो। विपन्न परिवारका १०१ जोडीहरुको विवाह श्री सदानन्दजी महाराजको प्रेरणाले गराईएको थियो। विवाहका सबै खर्च अनि नवविवाहित जोडीलाई चाहिने आवश्यक सरसामानहरू पनि ट्रस्टले प्रदान गर्यो। कन्यादान श्री सदानन्द महाराज र श्री मोहन प्रियाचार्य महाराजले गरेका थिए भने प्रणामी समाजका प्रमुख साधुसन्त र व्यक्तित्वहरूको उपस्थिति थियो।

यस अवसरमा आयोजित रक्तदान शिविरमा १०१ व्यक्तिहरूले रक्तदान गरे। लायन्स क्लबको सहयोगमा रक्तदान  सम्पन्न भयो। रक्तदान गर्ने प्रत्येक व्यक्तिलाई प्रमाण पत्र प्रदान गरियो जसले भविष्यमा खाँचो परेको खण्डमा सो प्रमाण पत्रले आवश्यक परेका व्यक्तिलाई लायंस क्लबद्वारा रक्त उपलब्ध गराउन सकिन्छ। यस विवाह र रक्तदान कार्यक्रममा एक हजार भन्दा बढी मानिसहरूको जमघट थियो।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *