भूटा खेतीमा बाटोको कार्य शुरू

IMG-20230125-WA0271.jpg

स्थानीय बासिन्दाहरू खुशीले रमाए

दार्जीलिङ: भुटा खेतीमा बाटोको खनन कार्य शुरू।स्थानीय बासिन्दा हरूले खुशीले रमाए। भुटा खेती क्षेत्रका बासिन्दाहरूले बाटोको अभावमा दिनहरू विताउँदै आई रहेका थिए। स्थानीय बासिन्दाहरूले हाम्रो पार्टी अध्यक्ष अजय एडवार्डस समक्ष बाटोको खनन कार्य गरी दिने बारम्बार निवेदन गर्दै आई रहेका थिए। स्थानीय बासिन्दाहरूको निवेदनलाई शीरोपर गर्दै हाम्रो पार्टी अध्यक्ष अजय एडवार्डसले बाटो खनन कार्यको निम्ति जेसीपी पठाई दिएर बाटोको खनन कार्य शुरू भएको छ। सोनादा पच्चयाङ समष्टिको हाम्रो पार्टी महासचिव महेन्द्र राई, सोनादा पच्चयाङ समष्टिको हाम्रो नारी षक्ति समुहको अध्यक्ष सुरक्षा षर्मा, कोषाध्यक्ष अप्पू शर्मा लगायत स्थानीय मानिसहरूको अपार उपस्थितिमा पूजा अर्चना गरेर बाटोको खनन कार्य शुरू गरिएको स्थानीय बासिन्दाहरूले बताएको छ। स्मरण रहोस हाम्रो पार्टी अध्यक्ष अजय एडवार्डसले पहाडको कुना काप्चाहरूदेखि लिएर शहरीय क्षेत्रहरू जहाँ बाटो पूग्न सकेको छैन, ती क्षेत्रहरूमा बाटो खन्ने कामहरू गर्दै आई रहेका छन। आजसम्म पाँच सय भन्दा धेर बाटोहरूको खनन कार्य गरी सकेको गाउँबासीहरूले बताउँछन।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *