खरसाङ फूटबल एसोसिएशन (केएफए)-को आयोजनमा पहिलो गोर्खा चेली महिला फूटबल प्रतियोगिता र जीटीए रेफरी कार्यशाला ७ फरवरीदेखि

IMG-20230125-WA0098.jpg

खरसाङ फूटबल एसोसिएशनको आयोजनमा पहिलो गोर्खा चेली आमन्त्रणी गोल्ड कप फूटबल टुर्नामेण्ट ७ फरवरीदेखि शुरु हुनेछ। केएफए-को तत्त्वावधानमा त्यही दिनदेखि जीटीए फूटबल रेफरी कार्यशालाको पनि आयोजन गरिनेछ। मंगलवार भएको प्रेस कन्फ्रेन्समा केएफए-ले आधिकारिक रूपमा यी दुई आयोजनबारे जानकारी दियो। प्रेस कन्फ्रेन्समा केएफए-का सचिव सुदिप राई, अध्यक्ष छिरिंग खाईबा, कार्यकारिणी सदस्य विशाल शर्माको साथमा अन्य पदाधिकारी वर्गको उपस्थिति रहेको थियो। महिला फूटबललाई शुरुदेखि नै प्राथमिकता दिँदै आएको केएफए-ले नवराज छेत्री (खेलकुद कार्यकारिणी सभासद, जीटीए)-को पहलमा पहिलो गोर्खा चेली महिला फूटबल टुर्नामेण्टको आयोजन गर्ने जमर्को कसेको छ। आउँदो ७ फरवरीदेखि आयोजन गरिने यस टुर्नामेण्टको सबै म्याचहरू चानमारी मैदानमा खेलिनेछ। यस आमन्त्रित टुर्नामेण्टमा शीर्ष महिला टीमहरूलाई स्थान दिइनेछ। यसरी नै कलकत्ता रेफरी एसोसिएशनको सहयोगमा जीटीए फूटबल रेफरी कार्यशालाको आयोजन गरिनेछ। रेफरी कार्यशालामा फीफाको नियम अनुसार १८-देखि ३५ वर्ष उमेर भएका अनि कम्तीमा दशौं श्रेणी उत्तीर्ण उम्मेद्वारहरूले हिस्सा लिन सक्नेछन्। कार्यशालापछि उनीहरू रेफरीको परीक्षा दिने योग्य हुनेछन्। कार्यशालापछि प्रमात्र पत्र प्रदान गरिनेछ, जसले उनीहरू जीटीए क्षेत्रभरि रेफरी गर्न योग्य हुनेछन्। रेफरी कार्यशालाको निम्ति प्रवेश शुल्क २००० रुपियाँ तोकिएको छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *