सिक्किमे नागरिक समाजको अध्यक्ष भरत बस्नेतले दिए राजीनामा­

IMG-20230124-WA0256.jpg

गान्तोक: गैरराजनीतिक सङ्गठन सिक्किमे नागरिक समाजका अध्यक्ष भरत बस्नेतले पदबाट राजीनामा दिएका छन्। उनले आज सङ्गठनका मुख्य संरक्षकलाई पत्र लेखर अध्य़क्ष पदबाट राजीनामा दिएको जानकारी गराएका छन्। बस्नेतले भारतको सर्वोच्च न्यायालयको एउटा ताजा फसेलालाई केन्द्र गरेर यो कदम चालेका हुन्। आफ्नो त्यागपत्रमा बस्नेतले सर्वोच्च न्यायालयको ताजा फसेलाले संविधानको धारा ३७१ एफको अवमूल्यन गरेको ठहर गरेका छन्। सर्वोच्च न्यायालयले आफ्नो फसेलामा सिक्किमेलाई विदेशी नागरिक भनेर सम्बोधन गरेको उनको भनाइ रहेको छ। सर्वोच्च न्यायालयको यस निर्णयले आफू गहिरो रूपले आहत भएको र यस्तो परिस्थितिमा सङ्गठनको अध्यक्ष पदमा बसिरहन कुनै औचित्य नरहेको बस्नेतको स्पष्टीकरन दिएका छन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *