मंगन जिल्लाका विद्यर्थीहरू शैक्षिक भ्रमणको निम्ति दिल्ली प्रस्थान

IMG-20230124-WA0252.jpg

गान्तोक: मंगन जिल्लाको सरकारी कन्या उच्चत्तर माध्यिक विद्यालयका विद्यार्थीहरू आज अध्ययन भ्रमणको निम्ति दिल्ली प्रस्थान गरे। मंगन जिल्लाका जिल्ला उपाध्यक्ष सोनम किपा भोटियाले झण्डा हल्लाएर उनीहरूलाई दिल्ली प्रस्थान गराए। शैक्षिक भ्रमण अवधि विद्यार्थीहरूले कलकत्ता, जयपुर र दिल्ली पुग्ने भएका छन्। अध्ययन भ्रमण टोलीमा १७ जना विद्यार्थी र ४ जना शिक्षक रहेका छन्। उनीहरूको अध्ययन भ्रमण आगामी ३ फरवरीको दिन समापन हुने भएको छ। आफ्नो छोटो सम्बोधनमा जिल्ला उपाध्यक्ष सोनम किपा भोटियाले अध्ययन भ्रमणका लागि छनोट भएका विद्यार्थीहरूलाई बधाई दिँदै सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङको निर्देशनमा यो भ्रमण शुरू गरिएको बताइन्। उनले सिक्किमका मुख्यमन्त्रीप्रति कृतज्ञता व्यक्त गर्दै विद्यार्थीहरूलाई अवसरको सदुपयोग गर्न र ज्ञान र अनुभव प्राप्त गर्न आग्रह गरिन्। उनले विद्यार्थीहरूलाई शिक्षकको निर्देशन पालना गर्न आग्रह गर्दै सफल र अविस्मरणीय यात्राको कामना पनि गरेकी छन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *