देविका मङ्ग्राती राईको ‘फागुन तिमी फर्किआउनु’ कविता सङ्ग्रहमाथि कृतिचर्चा

00-IMG-20230124-WA0122

सिलगढ़ी: चर्चित उद्घोषिका अनि प्रतिष्ठित कवि देविका मङ्ग्राती राईको कविता सङ्ग्रह ‘फागुन तिमी फर्किआउनू’-माथि पुस्तक चर्चासितै सिर्जना वाचन एवं भेटघाटको कार्यक्रम आइतबार सालबारी मेथीबारीस्थित केफे दी ट्विन्स पुस्तक पसलमा सम्पन्न भयो। कार्यक्रमको आयोजना शकुन्तला प्रकाशन सिलगढ़ीद्वारा गरिएको थियो। कार्यक्रमलाई मूर्धन्य साहित्यकार नरबहादुर दाहालले अध्यक्षता गरेका थिए भने प्रमुख अतिथिको रूपमा प्रख्यात साहित्यकार एवं भाषाविद् डा. गोकुल सिन्हा उपस्थित थिए। विशिष्ट अतिथिको रूपमा अमेरीकाबाट आएका विशिष्ट साहित्यकार वैश्विक भूटानी साहित्यिक सङ्गठनका अघ्यक्ष कर्ण गुरूङ, काठमाडौंबाट आएका प्रतिष्ठित साहित्यकार-पत्रकार एवं विश्व नेपाली साहित्यकार महासङ्घका केन्द्रीय सल्लाहकार शरद प्रधान, नेपाली साहित्यकी प्रसिद्ध आख्यानकार विन्द्या सुब्बा, प्रसिद्ध कवि-गीतकार-समालोचक डा. जस योञ्जन प्यासी, प्रसिद्ध कवि-कथाकार-निबन्धकार मोहन ठकुरी, प्रसिद्ध लेखिका डा. वीणा हाङ्खिम, प्रसिद्ध लेखिका उर्मीला घिसिङ, साहित्यकार ग्याल्पो लामा, प्रसिद्ध लेखिका डा. साङ्मु लेप्चा, वरिष्ठ समालोचक प्रा. कबीर बस्नेत, प्रख्यात साहित्यकार इन्द्रबहादुर राईकी सुपुत्री एवं स्वयं लेखिका वेदिका राई, काठमाडौंबाट आएका चर्चित कवि-गजलगो असीम सागर, प्रतिष्ठित कवि दिल भूटानी आदि उपस्थित थिए। कार्यक्रमको प्रथममा माता सरस्वतीको तस्वीरमा अध्यक्ष, मुख्य अतिथि अनि विशिष्ट अतिथिहरूद्वारा धूप-दीप प्रज्ज्वलन गरिएपछि शकुन्तला प्रकाशनको पक्षमा स्वागत सम्बोधन कवि सरोजनी देवानले राखेकी थिइन्। त्यसपछि कवि देविका मङ्ग्राती राईको ‘फागुन तिमी फर्की आउनू’ कविता सङ्ग्रहमाथि कृति समीक्षा प्रतिष्ठित साहित्यकार-कवि-अध्येता ज्ञानेन्द्र खतिवडाले राखे। उनले कवि देविका मङ्ग्राती राईको कृतिमाथि आफ्ना विचारहरू राख्दै कृति निकाल्दा सर्जकहरूले ध्यान राख्नुपर्ने केही आवश्यक सुझावहरू पनि राखे।

युग्मककार कालूसिंह रनपहेंलीले मङ्ग्रातीका कोही कविताहरूको उल्लेख गर्दै कृतिमाथि आफ्नो दृष्टिकोण प्रस्तुत गरे। यसै क्रममा वरिष्ठ पत्रकार एवं हिमालय दर्णका सम्पादक शिबु छेत्रीले कृतिमाथि आफ्ना मन्तव्यहरू राखे। उनले मङ्ग्रातीको कृतिलाई साहित्यले सुन्दर कृति पाएको बताए भने यसरी कृति चर्चा राखिनु साहित्यमा महत कुरो हो भनी जनाए। उनले यस्तो पुस्तक समीक्षा र चर्चाको कार्यक्रम शहरदेखि गाउँगाउँसम्म हुनपर्छ भने। यस अवसरमा डा. जस योञ्जन प्यासीले आफ्नो विचार पोख्दै भने, ‘कवितालाई व्याख्या गर्न मिल्दैन। पाठकले आफ्नै हिसाबले कृतिलाई बुझ्ने गर्छन्l जसरी साहित्यकार इन्द्रबहादुर राईले लीला लेखनमा एकैजना कृष्णलाई सबैले आआफ्नो हिसाबले देखेका बताएका थिए उसरी नै कवितालाई पाठकले आआफ्नो हिसाबले पढ़ेर बुझ्ने गर्छन्l’ उनले आफ्नी शिष्या कवि देविका मंग्रातीको काव्य लेखनलाई सराहना गरे। यस अवसरमा प्रसिद्ध लेखिका बिन्द्या सुब्बा, साहित्यकार-पत्रकार शरद छेत्री, साहित्यकार कर्ण गुरूङ, साहित्यकार अर्जुन उप्रेती अनि साहित्यकार सुमन पोख्रेलले पनि मन्तव्यहरू राखेका थिए। प्रमुख अतिथि प्रख्यात भाषाविद् डा. गकुल सिन्हाले कवि देविका मंग्रातीलाई बधाई दिँदै भाषा साहित्यबारे गहन चर्चाहरू राखे। उनले भने, ‘हाम्रो समयमा यसरी विमोचन र कृतिचर्चाहरू हुँदैन थिए। आज हामी सहभागी बनेर कृति चर्चा गरिरहेका छौं यो अति खुशीको र आवश्यक कुरो होl’ अध्यक्षीय सम्भाषण राख्दै प्रतिष्ठित साहित्यकार नरबहादुर दाहालले भने आज कवि देविका मङ्ग्रातीको कृतिको चर्चा भयो यो अति नै राम्रो कुरो हो। यसरी चर्चा गर्दा तर कृतिलाई नै लिएर समुचित चर्चा हुनु आवश्यक छ जसले गर्दा सर्जकलाई मार्गदर्शन मिल्नेछ अनि श्रोता-पाठकहरू पनि लाभान्वित हुनेछन्। समारोहलाई काव्यमय बनाउँदै सर्जकहरूले आफ्ना रचनाहरू पठ गरे जसमा कवि दिल भूटानी, गजलगो विमल खतिवडा माइला, कवि निमा तामङ, कवि हन्नाह छेत्री, कवि प्रिनिश शर्मा, कवि-गजलगो असीम सागर, कवि दिलिप घिमिरे आदिले कविता अनि गजलहरू वाचन गरेका थिए। यस अवसरमा कृतिकार कवि देवका मङ्ग्रातीले आफ्ना कुराहरू राखिन्। आफ्नो काव्य लेखनका कुराहरू गर्दै उनले आफूलाई प्रेरणा र हौसला दिनेहरू सबै सबैलाई सम्झना गरिन् अनि धन्यवाद दिइन्। पति श्रीमान गश्मि राईज्यूले दिनुभएको साथ सहयोग र प्रेणाको निम्ति पनि उनले विशेष कृतज्ञता प्रकट गरिन्। अन्त्यमा समारोहको आयोजक शकुन्तला प्रकाशन सिलगढ़ी अनि कृति प्रकाशक श्री रश्मि राईको पक्षमा कृतिकार देविका मङ्ग्रातीले नै धन्यवाद ज्ञापन गरिन्। यस अवसरमा वरिष्ठ कथाकार-उपन्यासकार मणिकुमार प्रधान, वरिष्ठ साहित्यकार जे.के. बराइली, कवि नैना सुब्बा बराइली, आख्यानकार-पत्रकार बबिता मादेन, कवि मञ्जुला तामङ, कवि सुमित्र अविरल, कवि प्रणय शंकर, पत्रकार-कवि सुरज रोसुरी, कवि देविका खवास, कवि अर्जुन उप्रेती, कवि सुमन पोख्रेल, लेखिका मणिका प्रधान, कवि नीरा सुब्बा, कवि तारा छेत्री, कवि सविता मंग्राती, सर्जक विनोद कुमार रोका, केफे दी ट्वीन्सकी स्वामिनी लेखा राई, वरिष्ठ समाजसेवी पूर्ण मंगर, समाजसेवी अनुप छेत्री लगायत अन्य धेरै साहित्य सर्जक अनि साहित्यानुरागीहरूको उपस्थितिले कार्यक्रमको गरिमालाई बढ़ाएको थियो।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *