अबेर राति तीव्र गतिको शिकार

IMG-20230124-WA0135.jpg

अलिपुरद्वार: सोमबार राति एक युवक तीव्र गतिको शिकार भएका छन्। एसियाली राजमार्ग नं. ४८ मदारीहाट वीरपाडा रंगलीबजना क्षेत्रमा भएको दुर्घटनामा मृत्यु हुने युवक वीरपाराका २४ वर्षीय अविनाश शाह हुन्। ढिलो घर फर्कने क्रममा तीव्र गतिमा गुडिरहेको डम्परसँग उनको मोटरसाइकल ठोक्किएको थियो। युवकको घटनास्थलमै मृत्यु भएको हो। सडकको छेउमा राखिएको सीसीटीभीमा यो दर्दनाक दुर्घटनाको तस्वीर देखिन्छ। फुटेजमा सडकमा उभिएको डम्परले मोड लिन खोज्दा तिब्र गतिमा आइरहेको मोटरसाइकल चालकले नियन्त्रण गुमाएर डम्परलाई ठक्कर दिएको दृश्य देखिन्छ। प्रहरीले अनुसन्धान सुरु गरेको छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *