नेताजी जन्मजयन्तीको अवसरमा रुबी जेनरल अस्पतालमा बालबालिकाहरूद्वारा रंगहरूको जादुमय प्रस्तुति (फोटो फिचर)    

00-1-1

कोलकाता: नेताजी सुभाष चन्द्र बोसको जन्मजयन्तीको अवसरमा रुबी जेनरल अस्पतालमा आज (२३ जनवरी) मा ६ वर्षदेखि १४ वर्षसम्मका बालबालिकाका लागि सिट एण्ड ड्र प्रतियोगिता आयोजना गरिएको थियो। उत्साहजनक परिचय र स्वागत पछि बालबालिकाहरूले चिसो बिहानीलाई न्यानो र चहकिलो बनाउँदै आफ्ना रंगहरूले जादुमय प्रतिभा प्रस्तुत गर्न थाले। उनीहरूलाई ए (६ देखि ९ वर्ष) र समूह–बी (१० देखि १४ वर्ष) दुई समूहमा विभाजन गरिएको थियो। समूह-एका सहभागीहरूले आफूलाई मनपर्ने चित्र बनाउन सक्थे, जबकि समूह-बीका सहभागीहरूले स्वतन्त्रता सेनानी वा भारतीय स्वतन्त्रतामा चित्रण गर्नुपर्थ्यो।

प्रतियोगिता पश्चात् डा. अनिर्बान बसु (बाल रोग विशेषज्ञ)द्वारा मुख र हातको सरसफाईसम्बन्धी प्रदर्शनी अनि डा. अरिजिता चटर्जी (बाल रोग विशेषज्ञ) र डा परिचय बेरा (बाल रोग विशेषज्ञ) ले खोपको महत्वसम्बन्धी वार्ता प्रस्तुत गरे। यसपछि एउटा प्रश्नोत्तरी सत्र भयो जसमा बालबालिकाहरूले भरपुर आनन्द उठाए र थप उपहारहरू जिते। सोही क्रममा प्रतियोगिताका निर्णायकहरु सुदिप्तो मजुमदार, श्रीमती शम्पा मजुमदार र श्रीमती निवेदिता घोष बेजले दुवै समुहका विजेता र उपविजेताहरुको घोषणा गरे। प्रतियोगितामा सहभागी भएर आफ्नो समूहमा तेस्रो पुरस्कार जित्ने अटिस्टिक प्रतियोगीको बारेमा विशेष उल्लेख गरे। पुरस्कार वितरण समारोहमा निर्णायकहरू विशेष अतिथि सुश्री मनाली डे (अभिनेत्री) को उपस्थितिमा प्रमाणपत्र र ट्रफी प्रदान गरिन्। यो कार्यक्रम बालबालिकाहरूलाई केही गुणस्तरीय समय बिताउन र उनीहरूको रचनात्मकता अन्वेषण गर्न र उनीहरूमा रहेका कलाकारको बारेमा थप जान्न सहयोग गर्ने प्रयास रहेको थियो।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *