लेट्स गो फाउन्डेसनद्वारा फोहोरमैला-प्लास्टिकमुक्त समाज निर्माणको अभियान (फोटो फिचर)

00-LGF-1

खरसाङ: फोहोरमैला-प्लास्टिकमुक्त समाज निर्माणका गर्न गैर सरकारी संस्था लेट्स गो फाउन्डेसनले गाउँघरमा विशेष जनजागरण अभियान शुरु गरेको छl यस अभियानअन्तर्गत  फाउन्डेसनले (जिरो वेस्ट भिलेज) फोहोरमैला साथै प्लास्टिकमुक्त गाउँ बनाउने लक्ष्य राखेको छl यसै लक्ष्यलाई प्रमुखता दिँदै आइतबार (८ जनवरी २०२३) सिपाहीधुरा चियाबगान क्षेत्रका गाउँहरूमा जनजागरण अभियान चलाउँदै विशेष कार्यक्रम आयोजना गर्योl यसै कार्यक्रमबीच  करीब एक सय भन्दा बढी घरहरूमा जनजागरण फोहोरमैला-प्लास्टिक हाल्न बोराहरू वितरण गरियोl यस कार्यक्रममा फाउण्डेशनका पदाधिकारीहरू र सदस्यहरू विशेष रुपमा उपस्थिति थिए। फोहोरमैला-प्लास्टिक जतासुकै नफाल्न आहवान गर्दै ती बोराहरू वितरण गरिएको होl फोहोरमैला-प्लास्टिकले ती बोराहरू भरिएपछि लेट्स गो फाउन्डेसनका कार्यकर्ताहरू प्रत्येक घरमा गएर उठाउने फाउन्डेसनका प्रतिनिधी सलाखा थापाले बताएकी छिन्l बोरामा भरिएका फोहोरमैलालाई व्यवस्थित ढङ्गमा फाउन्डेसनले तह लगाउने भएको छl यस फोहोरमैला-प्लास्टिकमुक्त समाज निर्माणको अभियानमा गाउँका सर्वसाधारणलाई सहयोग गर्न फाउन्डेसनद्वारा सो कार्यक्रममा अनुरोध गरिएको छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *