विश्व कप फूटबल: दार्जीलिङमा ६ हजार बढी गिटारवादकहरुको लक्ष्य गिनिस बुकतर्फ  (फोटो फिचर)

00-511b36a-b7fd-4c33-934a-2165520fa429

राती ८:३० बजे: कतारमा अर्जेन्टिना र फ्रान्सको महासंग्राम  

दार्जीलिङ: आज कतारमा विश्व कप फूटबल २०२२ को महासंग्राम अर्जेन्टिना र फ्रान्समा भारतीय समयअनुसार राति ८.३० बजे हुनेछl यता कठ्याङ्ग्रिने जाडो चड्दै गरेको दार्जीलिङमा विश्व कप फूटबलले वातावरण गर्मिएको छl विश्व कप २०२२ को समापन समारोहको अवसरमा चौरास्तामा आयोजना गरिएको भव्य कार्यक्रममा सङ्गीत, फेस पेन्टिङ बाहेक विशाल स्क्रिनमा देखाइने फाइनल म्याच समावेश रहेको छ।

कार्यक्रमको मुख्य आकर्षण ‘स्ट्रमिङ फर मदर अर्थ’ रहेको छ, जसमा ६ हजार भन्दा बढी गिटारवादकहरूले दुईवटा कालजयी गीत प्रस्तुत गरेका छन्l जसमा एउटा रेगे सङ्गीतका सम्राट बब मार्लेको कालजयी गीत ‘वान लाभ’ वन लभ र नेपाली संसारका बहुचर्चित ब्याण्ड हिमालायन्सको कालजयी गीत ‘मुसुमुसु हाँसी देऊ न लै लै’ प्रस्तुत गरियोl एकै पटकमा यति धेरै ६ हजार भन्दा बढी संख्यामा गितारवादकहरु भेला भएर प्रस्तुति दिनुको मुख्य लक्ष्य गिनिज बुक अफ वर्ल्ड रेकर्ड र लिम्का बुक अफ रेकर्डमा किर्तिमान दर्ता गराउनु रहेको छ।

यो कार्यक्रम दार्जीलिङ ग्रासरुट्स रिभाइभल प्रोजेक्टले एडवर्ड फाउन्डेसन र सिद्धान्त मेमोरियल ट्रस्टको सहयोगमा आयोजना गरेको छ। आयोजकहरु मध्ये सुपरिचित ब्याण्ड ‘मन्त्र’का गीटारवादक प्रज्ञा लामाले भने, ‘हामी विश्वकपको फाइनलको उत्सव मनाइरहेका छौं। दार्जीलिङमा विश्वकपको ज्वरो बेग्लै छ भनेर हामीले यो दोस्रो पटक आयोजना गरेका हौँ। मानिसहरूले आफ्नो टोलीको झण्डा राखेका छन्। हामीले उद्घाटन समारोह भव्य रूपमा आयोजना गर्‍यौं र अब हामी समापन समारोह भव्य रूपमा मनाउँदैछौंl’

अर्को सांगीतिक कार्यक्रम एफसी गौशालाले आयोजना गरेको छ जहाँ विभिन्न ब्यान्ड, गायक र स्थानीय कलाकारहरूले विश्वकप २०२२ को समापन कार्यक्रम मनाउन प्रस्तुति दिएका छन्। ‘दार्जीलिङमा उत्कृष्ट छ विश्व कप। म पहिले पनि यहाँ आएकी थिएँ। म अर्जेन्टिनाको समर्थक हुँ र अर्जेन्टिनाले जित्छ भन्ने आशा राखेकी छु’, अर्जेन्टिनाको विजयको कामना गर्दै बर्धमानकी मधुरिमा भट्टाचार्यले भनिन्। ठिहिराउने जाडोमा पनि दार्जीलिङको दुर्गम क्षेत्र बालसनबाट आएका गिटारवादक भास्कर तामाङले उत्साहित हुँदै भने, ‘विश्व कपको लागि आज हाम्रो यहाँ एउटा सानो कार्यक्रम छ र यसमा सबलाई स्वागत जनाएका छौंl’  

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *