कालेबुङको डुङ्ग्रा बस्तीमा विजय दिवस पालन

WhatsApp-Image-2022-12-16-at-4.37.03-PM

कालेबुङ:  सूचना एवं प्रसारण मन्त्रालय अन्तर्गत क्षेत्रीय लोकसम्पर्क कार्यालय, सिलगढीद्वारा कालेबुङको डुङ्ग्रा सामुदायिक भवनमा आयोजित तीनदिने एकिकृत सञ्चार एवं लोकसम्पर्क कार्यक्रमबीच पाकिस्तान विरुद्ध भारतको सन् १९७१ मा भएको युद्धमा जीतको उत्सव मनाउन “विजय दिवस” पालन गरियो। यस अवसरमा अवकाशप्राप्त कर्णल रमेश आलेले पाकिस्तानविरुद्ध सन् १९७१ को युद्धमा सर्वोच्च बलिदान दिने वीर भारतीय योद्धाहरूलाई श्रद्धाञ्जली अर्पण गर्न विजय दिवस पालन गर्ने गरिएको जानकारी दिए। यस वर्ष उक्त जीतको ५१औं वर्ष पूरा भइरहेको र देशभरी प्रत्येक वर्ष यस्तै जोश अनि उत्साहका साथ विजय दिवस पालन गर्ने चलन रहेको पनि उनले बताए।

यसै गरी बीएसएफका अवकाशप्राप्त सहायक कमाण्डेन्ट पीके प्रधान अनि हवल्दार गणेशकुमार छेत्रीले सन् १९७१ को युद्ध सम्बन्धी आफ्नो अनुभव साझा गरे। दार्जीलिङ सहकारी ब्याङ्कका स्थल अधिकारी पात्रस राईले कृषकहरूलाई पर्याप्त अनि समयमा ऋण प्रदान गर्ने किसान क्रेडिट कार्डबारे जानकारी दिँदै यसबाट एक लाखदेखि डेढ लाख रुपियाँसम्मको लाभ कृषकहरूले प्राप्त गर्नसक्ने जानकारी दिए। यसै क्रममा स्रोतवक्ताका रूपमा बोल्दै आउँदो २०२५ भित्र भारतबाट क्षय रोग वा टीबीको अन्त्य गर्ने उद्देश्यका साथ भारतकी राष्ट्रपति द्रौपदी मुर्मूद्वारा ९ सेप्टेम्बरको दिन शुभारम्भ गरिएको “प्रधानमन्त्री टीबीमुक्त भारत अभियान”लाई कर्तव्यका रूपमा सबै नागरिकले उच्च प्राथमिकता दिनुपर्ने स्वास्थ्य पर्यवेक्षक दिलीपकुमार गुरुङले बताए। यस अभियानअन्तर्गत क्षय रोगीहरूलाई सरकारले सबै चिकित्सा सुविधा अनि औषधि निःशुल्क रूपमा प्रदान गर्ने जानकारी दिँदै क्षय रोगीहरूले अघि आएर यी सुविधाहरूको फाइदा उठाउनुपर्ने पनि उनले बताए। कार्यक्रममा डुङ्ग्रा एसएचजीकी समन्वयक श्रीमती मञ्जु भुजेलले प्लास्टिकमुक्त भारतबारे बोल्दै भारत सरकारले १ जुलाई २०२२ देखि सिङ्गल युज प्लास्टिकमाथि बन्देज लगाएको बताइन्। भारतलाई प्लास्टिकमुक्त देश बनाउने दिशामा सबैले हात बढाउनुपर्ने पनि उनले अपील गरिन्। -पीआईबी

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *