स्म्याक ओपन फूटबल टुर्नामेण्ट १८ दिसम्बरदेखि

IMG-20221210-WA0005.jpg

दार्जीलिङको सिंहमारी नजिक सूम टी स्टेटको सूम भेटरन्स क्लबको तत्त्वावधानमा स्म्याक (एस.एम.ए.के.के) ओपन नक्आउट फूटबल टुर्नामेण्ट आउँदो १८ दिसम्बरदेखि आयोजन गरिनेछ। यस सेभेन ए साइड आमन्त्रणी टुर्नामेण्टमा जम्मा १६ वटा टीमलाई प्रवेश दिइएको छ। आइतवार खेलिने उद्घाटन म्याचमा सिक्किमको छुजाचेन स्पोर्ट्स एकाडमी (सीएसए) र पशुपति युनाइटेडबीच भिड़न्त हुनेछ। टुर्नामेण्टका दुईवटा सेमिफाइनल २१ र २२ जनवरीमा खेलिनेछ। यसरी नै फाइनल २९ जनवरीमा हुनेछ। टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई ट्रफीको साथमा २ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनरअप् हुने टीमलाई ट्रफीको साथमा १ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिने आयोजक समितिका सचिव दिवाकर आलेले बताए।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *