बंगाल: विमल, विनय र अजयको भेटले पहाडको राजनैतिक समिकरणले अर्कै रूप धारण गर्न सक्ने राजनैतिकज्ञहरूको अनुमान

7eacaacb-6286-490c-8f3f-f1a6b15225e8

दार्जीलिङ: विमल, विनय र अजयको भेटले दार्जीलिङ पहाडको राजनैतिक समिकरणले अर्को रूप धारण गर्न सक्ने यहाँको राजनैतिकज्ञ एंव बुद्विजीविहरूको भनाई छ। गोर्खा जनमुक्ति मोर्चाले अलग राज्य गोर्खाल्याण्डको मांगप्रति सरकारको ध्यान आकर्षण गर्न भोली शनिबारदेखि दिल्लीमा दुई दिवसीय महा अधिबेशनको आयोजना गरेको छ। आयोजित सेमिनारमा मोर्चाले देशको सवै राज्यहरूबाट जन प्रतिनिधि एंव बुद्विजीविहरूलाई निम्ताएका छन् भने दार्जीलिङ पहाड अनि तराई डुवर्स आदि क्षेत्रका राजनैतिक दलहरूको नेतृत्वहरू साथै बुद्विजीविहरूलाई पनि निम्ताएका छन्। गोजमुमो को दुई दिवसीय महा अधिबेशनको केही घण्टा अधि एंव आज साँझतिर गोर्खा जनमुक्ति मोर्चा अध्यक्ष विमल गुरूङ, हाम्रो पार्टी अध्यक्ष एंव सभासद अजय एडवार्डस अनि हिल तृणमूल कग्रेसको बरिष्ठ नेता एंव सभासद विनय तामाङलाई एउटै मञ्चमा देखिएपछि दार्जीलिङ पहाडको राजनैतिक समिकरणले अर्कै रूप धारण गर्न सक्ने पहाडको राजनैतिकज्ञ एंव बुद्विजीविहरूले अनुमान लगाएका छन्।छुटटै राज्य गोर्खाल्याण्डको मांगप्रति सरकारको ध्यान आकर्षण गराउँन गोजमूमो अध्यक्ष विमल गुरूङले सवै राजनैतिक दल एंव संघ संस्थाहरू एकबद्व हुने आहवान अधिबाटै गर्दै आइरहेका छन् भने हाम्रो पार्टी अध्यक्ष एंव सभासद अजय एडवार्डसले गत केही दिन अधि सम्पन्न भएको पार्टीको स्थापना दिवस समारोहको मञ्चबाट दार्जीलिङ पहाडमा स्वच्छ राजनैतिक परिबेश ल्याउन अनि गोर्खाहरूको दीर्धकालिन मांगलाई लक्ष्यसम्म पूराउन एकबद्व हुने आहवान गरेका थिए। हिल तृणमूल कग्रेस नेता एंव सभासद विनय तामाङले पनि समय समयमा यस्तै प्रकारको आहवानहरू गर्दै आइरहेका छन्। तर आजको भेटलाई सवै नेतृत्वहरूले अनऔपचारिक भेट बताएका छन्। एउटै मञ्चमा उभिएका पहाडको नेतृत्वहरूले आजको भेटलाई अनऔपचारिकता बताए पनि आउने २०२३ मा हुने पञ्चायत चुनाव, पहाडको तीनवटा नगरपालिका बोर्डको चुनाव साथै २०२४ मा हुने लोकसभा चूनावसँग पहाडको राजनैतिकज्ञ एंव बुद्विजीविहरूले जोडेर हेर्दै छन्। मोर्चाको दुई दिवसीय सेमिनारमा गोरामुमो अध्यक्ष मन घिसिङलाई पनि निम्ताएको मोर्चाले अधिबाटै जनाइसकेका छन् भने आयोजित सेमिनारमा गोरामुमो अध्यक्ष मन घिसिङले पनि आफ्नो उपस्थिति दिने मोर्चाले आशा साँचेका छन्। गोजमूमोको दुई दिवसीय महा अधिबेशनले छुटटै राज्य गोर्खाल्याण्डको मांगलाई लिएर सरकारलाई दबाव बनाउने कार्यसँगसँगै पहाडको राजनैतिक समिकरणले पनि नयाँ दिशा लिन सक्ने राजनैतिकज्ञ एंव बुद्विजीविहरूको भनाई छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *