सिम्किम: जी-२० सम्मेलनलाई लिएर उच्चस्तरीय सभा सम्पन्न

37b68fb7-1684-465f-8aa2-b299ac226df1

गान्तोक: आज राज्यका मुख्य सचिव भीबी पाठकको अध्यक्षतामा आगामी वर्षको मार्च महिनामा राज्यमा सम्पन्न हुने जी-२० सम्मेलनलाई लिएर एक सभा सम्पन्न भयो। उक्त सभामा आगामी मार्च महिनामा राज्यमा जी-२० सम्मेलन आयोजना गरिनेबारे छलफल गरिएको जानकारी गराइएको छ। यस सभामा विभिन्न विभागका प्रमुख लगायत जिल्लापाल, पुलिस अधिक्षकहरूले पनि अंशग्रहण गरेका थिए। सभालाई सम्बोधन गर्दै मुख्य सचिव पाठकले उक्त कार्यक्रमबारे विस्तृतरूपमा जानकारी गराउँदै सबै अधिकारीवर्गले आफ्नो दायित्व र जिम्मेवारी इमान्दारपूर्वक निर्वाह गर्नुपर्ने सुझाउ दिए। उनले सबै विभागलाई समयमा नै यसको तयारी सक्नुपर्ने निर्देश दिए। यसरी नै उनले आगामी वर्ष पालन गरिने गणतन्त्रता दिवस तयारीली लिएर पनि बैठक आयोजना गरे। बैठकमा सो कार्यक्रम सफल तुल्याउनको निम्ति सबैले पहल गर्नुपर्ने सुझाउ दिए।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *