सिक्किम: बिहारी जागरण मञ्चले आफ्नो २९औं स्थापना दिवस भव्यरूपमा पालन

035e5984-046b-4248-b184-352ba44474cf

रम्फू: २९औं स्थापना दिवस बिहारी जागरण मञ्चले रम्फूस्थित श्रीराम घाटमा भव्यताको साथ आयोजन गऱ्यो।२९औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा मुख्य अतिथिको रुपमा सिक्किम विधानसभा अध्यक्ष अरुण उप्रेति मुख्य अतिथिको रुपमा उपस्थित थिए भने विशिष्ट अतिथिको रुपमा मन्त्री सञ्जीत खरेल, मन्त्री एलबी दास, सिक्किम हाउजिङ डेभलपमेन्ट बोर्डका अध्यक्ष कर्मा टासी भोटिया, अध्यक्ष इञ्चुङ भोटिया, एनएचपीसीका अध्यक्ष प्रशान्त प्रधान लगायत अन्यको उपस्थिति रहेको थियो। कार्यक्रममा उपस्थित अतिथिहरूलाई बिहारी जागरण मञ्चले दोसल्ला अनि मोमेन्टो प्रदान गरेर सम्मान जनायो।

कार्यक्रमलाई सम्बोधन गर्दै मुख्य अतिथि अरुण उप्रेतीले बिहारी जनसमुदायले राज्यको व्यपार वाणिज्यमा पुऱ्याएको योगदानको प्रशंसा गरे। राज्य सरकारले बिहारी समुदायलाई पूजा अर्चना गर्नहेतु रम्फूमा श्रीराम घाट प्रदान गरेको उनले थप बताए। यसको साथै पुरानो व्यपारीहरूलाई राज्यमा संरक्षण गरेर राख्ने राज्य सरकारको नीति रहेको अनि भविष्यमा यो विषयमा कार्य गरिने जानकारी गराए। पुरानो व्यपारीहरूको छोरा छोरीले कानुनी कागजात लिएर प्रमाण देखाउनसके अवश्यै तिनीहरूलाई व्यपारको निम्ति लाइसेन्स प्रदान गरिने बताए। भर्खरै लालबजारमा हटाइएको गैर कानुनी दोकानहरू विष्य बोल्दै उनले यो पूर्ण रुपमा राज्यका जनताको निम्ति रहेको बताए। लाल बजारमा साह्रै अव्यवस्थीत दोकानहरू रहेको हुँदा यसलाई व्यवस्थित बनाउनको निम्ति यो सरकारले यो कदम लिइएको उनले बताए। आधिकारिक रुपमा कागजात भएका व्यपारीहरूलाई त्यहाँबाट नहटाएको पनि उनले थप बताए। व्यपार व्यवसाय गर्नको निम्ति सिक्किम अतिनै राम्रो ठाउँ रहेको अनि यहाँ भाइचारालाई कायम राखेर व्यपार वाणिज्य गर्ने उनले सबैलाई आह्वान गरे।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *