सिक्किम: गेजिङका दोकानहरूको गरियो निरीक्षण

24c32dc1-bb80-4d31-b9b0-9b8db857f253

गान्तोक: भारतको स्वतन्त्रताको ७५औं वर्षको उपलक्ष्यमा “आजादी का अमृत महोत्सव” को एक अङ्गको रूपमा, खाद्य तथा नागरिक आपूर्ति विभागले गेजिङ बजारका दोकानहरूको निरीक्षण गऱ्यो। यस टोलीको नेतृत्व खाद्य एवम सुरक्षा विभागका सहनिर्देशक अर्जुन राईले गरेका थिए। निरीक्षणका क्रममा सार्वजनिक वितरण प्रणालीसँग सम्बन्धित विभिन्न पक्षहरू जस्तै एफपीएस बोर्ड र रेट बोर्ड डिस्प्ले, डस्टबीन, सीसीटीभी, कुर्सी, डेस्क, कार्यात्मक शौचालय, खानेपानी, लगायत अन्य विषयमा जानकारी लिएको छ।

यसका साथै लाभार्थीहरूसँग अन्तरक्रिया समेत गरिएको थियो जसमा उनीहरूले आफूले पाएको सेवाप्रति सन्तुष्टि व्यक्त गरेका थिए। तर, सार्वजनिक वितरण प्रणालीमा थप प्रभावकारी र पारदर्शिता ल्याउन विभागको निर्देशनलाई कडाइका साथ पालना गर्न निर्देशन दिइएको छ। एफपीएस सञ्चालकहरूले इपोस मशिनसँग सम्बन्धित प्राविधिक समस्या, इपोस यन्त्र सञ्चालनका क्रममा नेटवर्क र अनियमित विद्युत आपूर्ति जस्ता आफ्ना गुनासोहरू पनि निरीक्षण टोली समक्ष राखेका थिए जसलाई धैर्यपूर्वक सुनेपछि उनीहरूसँग मिलेर काम गरेर ती क्षेत्रमा सुधार ल्याउने आश्वासन दिएको छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *