बंगाल: सडक दुर्घट्नामा बाइक चालकको मृत्यु

Dead_0_1200x768.jpeg

राजगञ्ज: आज साँझ आमबारी – गजलडोबा सडकको शिमुलगढी संलग्न इलाकामा सडक दुर्घटना हुँदा बाइक चालकको मृत्यु भएको छ। जानकारी अनुसार एउटा वाहन नगजलडोबातर्फ गइरहेको समय विपरीत दिशाबाट आइरहेको एउटा बाइकसित ठोक्किँदा घटनास्थलमै बाइक चालकको मृत्यु भएको थियो। यो दुर्घटनापछि वाहन सडक किनारमा रहेको जलाशयमा पल्टियो। मृतकको परिचय पाउन सकेको छैन। घटनाको खबर पाएर क्यानलमोड ट्राफिक गार्ड र मिलनपल्ली आउटपोस्ट पुलिस घटनास्थलमा पुगेर शव उद्धार गरेर पोस्टमार्टमको लागि उत्तरबंग मेडिकल कलेज एवम् अस्पतालमा पठाउनको साथै घटनाको जाँच शुरू गरेको बताइएको छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *