बंगाल: नव निर्मित भट्टीधुरा लिङ्गिया आँगनवाडी केन्द्रको उद्घाटन

22-56-15-UD-1.jpg

सुकेपोखरी: राज्यको मुख्यमन्त्री ममता ब्यानर्जीको दिशा-निर्देश अनुसार खण्ड विकास कार्यालय अनि ग्राम पञ्चायतको एउटा टिमले कार्य गरिरहेको छ। जोरबोङलो सुकेपोखरी खण्ड आईसीडीएस अधिकारी माकडोलिन लेप्चा (सीडीपीओ), खण्ड विकास कार्यालय कर्मचारी अनि पञ्चायत कार्यालयको संयुक्त प्रयासमा खण्डको ग्रामीण जनसाधारणलाई सेवा, सुविधा अनि ग्रामीण क्षेत्रको ‘आधारभुत आवश्यकतालाई पूर्ण गरेर विकसित गराउने कार्य अघि बढिरहेको छ।
जोरबङलो सुकेपोखरी खण्ड विकास कार्यालयद्वारा एमएसडीपी योजना अन्तर्गत निर्मित ३३ वटा आँगनवाडी केन्द्रको निरीक्षण गरेर कसैले उद्घाटन कार्य पनि भइरहेको जान्नमा आएको छ। नव निर्मित लिङ्गिया मेरिबोड ग्राम पञ्चायत अन्तर्गत भट्टीधुरा लिङ्गिया आँगनवाडी केन्द्रको उद्घाटन गरियो। यस केन्द्र एमएसडीपी योजना अन्तर्गत ९,८७,९६५ रूपियाँको लागतमा निर्माण गरिएको बताइएको छ। अब उद्घाटन गरिएको केन्द्र आईसीडीएस कार्यालयलाई सुम्पिए पछि चाँडै सञ्चालित गरिने छ। जोरबङ्लो सुकेपोखरी खण्डका आईसीडीएस अधिकारी माकडोलिन लेप्चा (सीडीपीओ) ले आज आँगनवाडी केन्द्रको उद्घाटन गरेपछि अब यो जनसाधारणको सेवामा चाँडै सञ्चालन गरिने बताइन्। यस कार्यक्रममा सुकेपोखरी खण्ड विकास कार्यालयका सह अभियन्ता छिरिङ वाङदी, वसन्त माझी, राज राई लगायत स्थानीय गाउँवासी, समाजसेवीहरूको उपस्थिति रहेको थियो।

Print Friendly, PDF & Email

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published.