सिक्किम: किताम वरिष्ट माध्यामिक विद्यालयको कौस्तुभ जयन्ती समारोह आरम्भ

IMG-20221209-WA0256.jpg

गान्तोक: किताम वरिष्ट माध्यामिक विद्यालयको कौस्तुभ जयन्ती विविध कार्यक्रमकोसाथमा आजदेखि आरम्भ भयो। आजको कार्यक्रममा सिक्किम सरकारका शिक्षा मन्त्री कुङ्गा निमा लेप्चा मुख्य अतिथि रहेका थिए। मुख्य अतिथिद्वारा दीप प्रज्वलनपछि आरम्भ भएको कार्यक्रममा विभिन्न सांस्कृतिक कार्यक्रम साथै ब्याण्डको प्रदर्शनी आयोजना गरिएको थियो भने दिनको मुख्य आकर्षण फुटबल खेल रहेको थियो। पहिलो दिनको खेल रेड पाण्डा नाम्ची र जोङ्ग्री एकाडेमीबीच खेलिएको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री कुङ्गा निमा लेप्चाले ७५ वर्ष सफलतापूर्वक पूरा गरेको अनि यति भव्य कार्यक्रम आयोजना गरेकोमा मुख्यमन्त्री पीएस गोलेले पनि खुशी व्यक्त गरेको बताए। यसको साथै आफ्नो पक्षबाट पनि विद्यालय प्रशासनलाई बधाई दिए। मन्त्रीले आफ्नो सम्बोधनमा विद्यार्थीहरूलाई आ-आफ्नो जातीय पहिरनलाई महत्व दिने अपील पनि गरे। यस अघि क्षेत्र विधायक श्रीमती राजकुमारी थापा अनि अन्य विशिष्ट अतिथिहरूको साथमा विद्यालयको नवनिर्मित भवनको भ्रमण पनि गरे।

कौस्तुभ जयन्तीको समापन समारोह आगामी १९ दिसम्बरको दिन हुनेछ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *