सिक्किम: सिक्किम क्रान्तिकारी मोर्चाको आगामी रोलू दिवस पालनलाई लिएर सभा

IMG_20221209_220517.jpg

गान्तोकआगामी रोलू दिवस पालनलाई लिएर सत्तारूढ़ सिक्किम क्रान्तिकारी मोर्चा पार्टीको आज रोलूमा पार्टीका शीर्ष पदाधिकारीहरूको एक सभा बस्यो। सभामा पार्टीका सेक्रेटरी जेनरल एवं विधानसभा अध्यक्ष अरुण उप्रेती, युवा उपाध्यक्ष प्रभारी एवं मन्त्री सञ्जित खरेल, मन्त्री एलबी दास, विभागीय सल्लाहकारहरू, अध्यक्षगण, पार्टी उपाध्यक्ष भोजराज राई, मुख्यमन्त्रीका प्रेस सचिव विकास बस्नेत, युवाध्यक्ष लाक्पा मोक्तान, नारी अध्यक्ष कला राई, युवा प्रमुख संयोजक सहदेव शर्मा, नारी महासचिव पूजा शर्मा, संगठन उपाध्यक्ष ललित शर्मा जिल्ला पञ्चायत अध्यक्ष, उपाध्यक्ष तथा अन्यहरूको उपस्थिति रहेको थियो।

एसकेएम प्रचार-प्रसार शाखाअनुसार, रोलू दिवसका कार्यक्रमलाई लिएर सभामा व्यापक चर्चा गरियो। कार्यक्रमलाई सफल बनाउन पार्टी कार्यकर्ताहरूले आ-आफ्नो तहबाट गर्नुपर्ने कार्यहरूबारे पनि चर्चा गर्दै कार्यक्रमको रूपरेखामाथि बहस गरियो।सभालाई सम्बोधन गर्दै अरूण उप्रेतीले आउँदो राले दिवसलाई सबैको समन्वयमा सफल बनाउनुपर्ने मन्तव्य गरे। उनले सबै कार्यकर्ताहरूले निष्ठावान र समर्पित भएर कार्य गर्नुपर्ने दिशामा जोड दिए। विशेष गरी पार्टीका विभिन्न भातृ संगठनहरू सबैले संगठित भएर कार्यक्रमको तयारीमा लागेको खण्डमा यसलाई सहजै सफल बनाउन सकिन्छ भन्ने विचार उनले प्रकट गरे। युवा उपाध्यक्ष प्रभारी एवं मन्त्री खरेलले उपस्थित कार्यकर्ताहरूलाई रोलू उत्सव सफल बनाउन उत्प्रेरित गर्दै यसमा सबैजना एकजुट हुनुपर्ने बताए। सभामा उपस्थित कार्यकर्ताहरू बीच खुल्ला विमर्श पनि भयो, जहाँ उनीहरूले आ-आफ्नो सुझाउ र सल्लाहहरू राखेका थिए।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *