बंगाल: मगर जातिको पर्व बाराही-मी-जोङ आरम्भ

33084f25-f324-41bc-8402-cd5f900ce39c


कालचिनी: मगर जातिको महान चाढ़ बाराही-ही-जोङ पर्व बिहीबारदेखि शुरु भएको र यसको समापन आगामी १३ दिसम्बरको दिन पञ्चमीको दिन सेन्ट्रल डुवर्स चियाबारीमा भव्यरुपमा हुने जानकारी आयोजक कमिटीको पक्षबाट मेघराज थापाले दिएका छन्| मगर जातिको यो महान पर्वको तयारीमा अहिले सबै जुटेको र यसलाई आगामी १३ दिसम्बरको दिन भव्यरुपमा सम्पन्न हुने जसमा भारतका विभिन्न क्षेत्रबाट मगर जातिको प्रतिनिधिहरूको भेला हुने बताईएको छ|
मगर जातिको माउ संगठन अखिल भारतीय मगर संघको आयोजनामा सम्पन्न हुने सो कार्यक्रममा मगर परम्परा र सांस्कृतिक कार्यक्रम साथै मगर समाजसेवी लगायत मेधावी विद्यार्थीहरूलाई सम्वर्द्धना प्रदान गरीने पनि बताईएको छ| सो कार्यक्रमको आयोजक कमिटीको सभापति प्रितम थापा, कार्यकारी अध्यक्ष मेघराज थापा, युवा प्रकोष्ठ सचिव शरण थापाले आगामी १३ दिसम्बरको दिन सबै मगर प्रतिनिधिहरूलाई सप्रेम निमन्त्रणा जनाएको छ|

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *