बंगाल: भुजेल जातिको पर्व पुहगाल पारिम पालन

0c810a17-fa86-42ca-abe6-65c7d85d2358


कालचिनी: गोर्खा जाति भित्रका अनेकौँ जनजातिको अहिले आ-आफ्नो चाढ़ पर्व शुरु भईरहेको छ| आज यसै क्रममा कालचिनी खण्डको भारत भोटाङ सीमान्त सहर जयगाउँ संलग्न महुवा चियाबारी नजीक पर्ने तोर्षा नदीको किनारी तराई डुवर्स भुजेल उत्थान समितिको आयोजनामा भुजेल जातिको पर्व पुहगाल पारिम भव्यरुपमा सम्पन्न भयो| यस अवसरमा बिहीबार तराई डुवर्स भुजेल उत्थान समितिका सभापति राजकुमार भुजेल, पूर्व अध्यक्ष सानु खवास, वरिष्ठ समाजसेवी बीबी खवास, सचिव दिपेन भुजेल, सदस्यहरू काजीमान भुजेल, भरत भुजेल, सञ्जीव भुजेल एवम् अन्यान्य भुजेल प्रतिनिधिहरूको बाक्लो उपस्थिति रहेको थियो|
मूलतः भुजेलहरूको निम्ति पुहगाल पारिम दशैँ चाढ़ सरह रहेको र यो प्रकृति पूजासित सम्बन्धित रहेको औ यसमा प्रकृतिको पॉंच तत्व आकास, वायु, अग्नि, माटो र पानीलाई पूजेर शुरु हुने पर्व भएको सानु खवासले बताए| यस अवसरमा भुजेल उत्थान समितिको पक्षबाट सभापति राजकुमार भुजेलले भुजेल जाति अन्य जनजाति सरह नै आफ्नै छुट्टै भाषा, परम्परा र संस्कृति एवम् भेषभुसा बोकेको एउटा जाति रहँदा पनि आजसम्म जनजाति तथा एसटीको मान्यताबाट छुटेकोले शीघ्र सरकारले भुजेल जातिलाई पनि जनजातिको मान्यता प्रदान गर्नुपर्ने दाबी राखेका छन्|

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *