बंगाल: हिमालयन अरेन्ज टूरिज्म फेस्टिभल २०२२ मा डुवर्सबाट मारुनी नृत्य प्रदर्शन

2fe1edbf-1cb5-4d64-b47f-2c88c1bdfed8

कालचिनी: कलकत्ताको सल्ट लेक सिटी सेन्टरमा आजदेखि शुरु भएको पॉंचौँ हिमालयन अरेन्ज टूरिज्म फेस्टिभल २०२२ मा डुवर्सको प्रतिनिधित्व गर्दै वाईएलटीपी राजाभातखावाका एफपीसी टोलीले पनि अंशग्रहण गरेको जानकारी वाईएलटीपीको पक्षबाट रामकुमार लामाले दिएका छन्| राज्यका मन्त्री सुजीत बसुले उद्घाटन गरेको सो कार्यक्रममा नेपालका कन्सुलेट जेनेरल लगायत सिक्किम, दार्जीलिङ, डुवर्स र अरुणाचलप्रदेशका प्रतिनिधिहरूले सहभागिता जनाएको छ भने कार्यक्रममा डुवर्सको कालचिनीबाट पुगेका वाईएलटीपी राजाभातखावाका एफपीसीका लोक सांस्कृतिक कलाकारहरूले मारुनी नृत्य प्रदर्शन गरेको रामकुमार लामाले जनाएका छन्|
एसोसिएशन फर कन्जर्भेशन एन्ड टूरिज्मको आयोजनामा सम्पन्न हुँदै आइरहेको हिमालयन अरेन्ज टूरिज्म फेस्टिभलमा वाईएलटीपी टोलीले डुवर्सको प्रत्येक बर्ष सहभागिता गर्दै आइरहेको र यसपाली पनि यसमा सहभागिता गर्न पाउँदा धेरै खुसी लागेको र यसको निम्ति एसोसिएशन फर कन्जर्भेशन एन्ड टूरिज्मको कन्भेनर राज बसुलाई धेरै आभार रहेको रामकुमार लामाले जनाएका छन्|

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *