भारतका एचएस प्रणय बिहीवार ग्रुप ए-को आफ्नो दोस्रो म्याचमा चीनका लु गुआंग जू विरुद्ध पराजित भएर थाईल्याण्डको ब्यांककमा जारी बीडब्ल्यूएफ वर्ल्ड टूर ब्याडमिण्टन फाइनल्समा ट्रफी जित्ने होड़बाट लगभग बाहिर भए। केरलका ३० वर्षीय खेलाड़ी प्रणयले ८४ मिनटसम्म चलेको म्याचमा २१-२३, २१-१७, १९-२१-ले हारको सामना गर्नु पऱ्यो। यी दुई खेलाड़ीबीच यो दोस्रो म्याच थियो। यस साल फ्रेञ्च ओपनमा पनि यी दुई खेलाड़ीबीच भिड़न्त भएको थियो अनि त्यस समय पनि चीनका खेलाड़ी विजयी भएका थिए। टुर्नामेण्टको ग्रुप ए-मा यो प्रणयको लगातार दोस्रो हार हो। यसअघि उनलाई जापानका कोडाई नाराओकाले पराजित गरेका थिए। विश्व ऱ्याङकिंगमा १२औं स्थानमा रहने भारतीय खेलाड़ीको अघिल्लो म्याच विश्वका नम्बर एक खेलाड़ी तथा ओलम्पिक च्याम्पियन डेनमार्कका भिक्टर एक्सेलसन विरुद्ध रहेको छ।
Post Views: 41