दोस्रो विण्टर कपः एमएमएफसी निरपानी च्याम्पियन

IMG_20221209_111151.jpg

लोधोमा खेलकुद संघको तत्त्वावधानमा आयोजित दोस्रो विण्टर कप ओपन फूटबल टुर्नामेण्टमा एमएमएफसी निरपानी च्याम्पियन भयो। लोधोमा (दार्जीलिङ) खेल मैदानमा बुधवार (७ दिसम्बर) खेलिएको फाइनल म्याचमा एमएमएफसी-ले कञ्चनजंघा एफसी-लाई ५-१-ले पराजित गऱ्यो। यस नाइन ए साइड टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई ३ लाख ३१ हजार रुपियाँको नगद पुरस्कार प्रदान गरियो। यसरी नै रनर अप् हुने टीमलाई २ लाख २१ हजार रुपियाँको नगद पुरस्कार प्रदान गरियो। फाइनलसम्म प्रदान गरिने प्लेयर अव् द म्याचको ट्रफीको साथमा च्याम्पियन र रनर अप् टीमलाई प्रदान गरिने ट्रफीहरू कैलाश निरौलाले आफ्नी माता नरमाया निरौलाकी नाममा डोनेट गरेका छन्। यसरी नै प्लेयर अव् द टुर्नामेण्ट हुने खेलाड़ीलाई आधा तोला सुन प्रदान गरियो।

संक्षिप्तमाः
च्याम्पियनः एमएमएफसी निरपानी
रनरअप्ः कञ्चनजंघा एफसी
प्लेयर अव् द म्याचः बिग ड्याडी (एमएमएफसी निरपानी)
प्लेयर अव् द टुर्नामेण्टः निगम सिंह (कञ्चनजंघा एफसी)
बेस्ट गोलकीपरः अभिजीत रोय (एमएमएफसी निरपानी)
हाईएस्ट स्कोररः स्टेफन (एमएमएफसी निरपानी)
बेस्ट टीम (फेयर प्ले) – पाण्डाम एकाडमी (सिक्किम)

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *