बङ्गाल: बाख्रा चोरी गर्ने तीनजना युवा पक्राउ

vlcsnap-2022-12-09-10h18m37s6.png

जलपाइगढीः गाउँलेहरूले बाख्रा चोर्ने दुइजना किशोर र एकजना युवालाई रङ्गेहात पक्रेर पुलिसलाई बुझाए। जलपाइगढी जिल्लाको राजगञ्जको मन्तडारी क्षेत्रको ललिता गाउँमा भएको छ। जानकारीअनुसार बाहिरबाट मोटरसाइकल लिएर दुइ किशोर र एक युवक गाउँमा प्रवेश गरेर केही बाख्रा लिएर गए। गाउँका बासिन्दाले ती युवाहरूलाई बाख्रा लिएर गएको देखेको दाबी गरेका छन्। त्यसपछि उक्त क्षेत्रमा अराजकता मच्चियो। गाउँका मानिसहरूले तीनजनालाई पक्रेर बाँधे। त्यसपछि पुलिसलाई खबर गरेपछि प्रहरीले घटनास्थलमा पुगेर तीनै अभियुक्तलाई प्रहरी चौकीमा लगेको थियो। यहाँ स्थानीयको सोधपुछमा तीनजना किशोरले बाख्रा चोरेको स्वीकार गरेका छन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *