खरसाङ: रोहिणीको जगदम्बा मन्दिरमा पूजा साथै जीटीए चिफ् अनित थापाको बाहुलीबाट जगदम्बा मन्दिरको ऐतिहासिक पृष्ठभूमिमाथि लेखिएको पुस्तकको लोकार्पण

IMG-20221208-WA0379.jpg

खरसाङको रोहिणीस्थित जगदम्बा मन्दिरमा तीन दिवसीय पूजाको समापन साथै जगदम्बा मन्दिरको ऐतिहासिक पृष्ठभूमिमाथि लेखिएको पुस्तकको लोकार्पण पनि गरिएको छ। कार्यक्रम अघि जगदम्बा मन्दिर रोहिणीमा धार्मिक रैलीको आयोजना गरिएको थियो। यस कार्यक्रममा प्रमुख अतिथिको रुपमा जीटीएको चिफ् एक्जीक्युटिभ अनित थापा उपस्थित रहेका थिए। यसै कार्यक्रममा रोहिणीको जगदम्बा मन्दिरको ऐतिहासिक पृष्ठभूमिमाथि शरद नेपालद्वारा लेखिएको पुस्तक ‘शिव पञ्चायन अनि देवी जगजम्बा मन्दिर ऐतिहासिक पृष्ठभूमि’ नामक पुस्तकको लोकार्पण पनि गरिएको छ।

उक्त पुस्तकको लोकार्पण प्रमुख अतिथि जीटीए चिफ् अनित थापा, सभासदहरू कल्पना प्रधान, श्याम शेर्पा, नुरी शेर्पा, परेश तिर्की, नवराज छेत्री र पण्डित केशव प्रसाद गोरागाई आदिको बाहुलीबाट गरिएको छ। जगदम्बा मन्दिर पूजा कमिटीको आयोजनामा रोहिणी खोलामा कन्या त्रिसा खवासको बाहुलीबाट साथै पण्डित नेत्रप्रसाद गोरागाईबाट पूजा अर्चना गरी रोहिणी गेस्ट हाउसबाट धार्मिक शोभा यात्रा गरियो। यस शोभा यात्रामा ब्रह्मकुमारी संघ खरसाङ, खस हितकारी संघ खरसाङ,नेवारी झाक्री र रोहिणीका सम्पूर्ण गाउँबाट आउने हुने समाजका सभापति सचिव लगायत सम्पूर्ण ग्रामवासी लगायत नौमती बाजा बजाएर रोहिणी क्षेत्र परिक्रमा गरियो भनी लङ्भ्यु अम्बटे पंखाबारी समष्टिका प्रचार प्रसार सचिव जिनोद परियारले जानकारी गराएका छन्। अन्त्यमा उक्त शोभायात्रा रोहिणीको जगदम्बा माताको मन्दिरमा पूजा अर्चना पण्डित केशव प्रसाद गोरागाइ साथै उनका सहयोगी पण्डितहरूद्वारा पूजा अर्चना गरी पूजाको समापन गरियो। रोहिणी जगदम्बा पूजा कमिटीद्वारा आयोजित यस धार्मिक अनुष्ठानमा जीटीए प्रमुख कार्यपाल अनित थापाको विशेष उपस्थिति रहेको थियो। उनले जगदम्बा मन्दिरमा पुजा अर्चना पनि गरेका थिए। पण्डित केशव प्रसाद गोरागाईद्वारा विवरण दिएर शरद नेपालद्वारा लिखित रोहिणी जगदम्बा मन्दिरको विषयमा लेखिएको पुस्तकको विमोचन आज आमन्त्रित मुख्य अतिथि अनित थापा साथै विशिष्ट अतिथिहरूको बाहुलीबाट गरियो।पंखबारी लंगभ्यु अम्बटे समष्टि कार्यकारी सभासद कल्पना प्रधानले यति छोटो अवधिमा पनि भव्यताको साथ पूजा सम्पन्न गराउन सफल भएकोमा आयोजक समितिलाई बधाई टक्राएकी छन्।

आज आयोजित यस धार्मिक अनुष्ठानमा जीटीए प्रमुख कार्यपाल अनित थापा, अम्बटे पंखाबारी लंगभ्यू समष्टिका कार्यकारिणी सभासद कल्पना प्रधान, तीनधारे महानदी समष्टिका सभासद नवराज छेत्री, पानीघट्टा सुकुना समष्टिको सभासद परेश तिर्की, खरसाङ महुकमा समितिको सभापति सुवास प्रधान, नारी शक्ति केन्द्रीय समितिको अध्यक्षा अनु प्रधान, एंव सदस्यगण, पंखबारी लंगभ्यु अम्बटे समष्टि प्रतिनिधिगण, नारी शक्ति केन्द्रीय समिति, रोहिणी खण्ड समिति सभापति साथै प्रतिनिधिहरू साथै पूजा कमिटीका सदस्यहरुको विशेष उपस्थिति रहेको थियो।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *